त्रिपुरासुन्दरीमा काँग्रेस-माओवादी गठबन्धन विजयी

Avatar photo
Dhadingpost
शुक्रबार, जेष्ठ १९, २०७४

धादिङ जेष्ठ १९ । त्रिपुरासुन्दरी गॉंउ कार्यपालिकाको लागि आज भएको निर्वाचनमा नेपाली कांग्रेसका ३ जना र माओवादी केन्द्रका ३ जना गरी ६ निर्वाचित भएका छन् ।

नेपाली कांग्रेस जिल्ला सदस्य नवराज तिमल्सिनाको अनुसार ७ वटा वडा रहेको यस गॉंउपालिकामा ३७ जना मतदाता रहेको कार्यपालिकाको निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका थिए ।

नेपाली कांग्रेस र माओवादी गठबन्धनको पक्षमा २४ मत परेको थियो भने नेकपा एमालेको पक्षमा १३ मत परेको थियो । कार्यपालिका सदस्य निर्वाचित हुनेहरुमा नेपाली कांग्रेसबाट होम ब. दराई, संचिता नेपाली र मिठुमाया श्रेष्ठ छन् भने माओवादी केन्द्रबाट हरि बि. क., मिना आले र पार्वती बि. क. निर्वाचित भएका छन् ।

यो निर्वाचन सँगै यस गॉंउपालिकाको गॉंउकार्यपालिकाको १५ सदस्य मध्य उपाध्यक्ष सहित नेपाली कांग्रेस ६ सदस्य, माओवादी केन्द्र ६ सदस्य र अध्यक्ष सहित नेकपा एमाले ३ सदस्य, रहेको गॉंउकार्यपालिकाको गठन भएको छ । बैशाख ३१ गते सम्पन्न गाउँपालिकाको निर्वाचनबाट गाउँपालिका प्रमुखमा नेकपा एमालेका थम्भु थापा निर्वाचित भएका थिए ।