धादिङ जेष्ठ १९ । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ९ मझिमटार स्थित शंखादेवी माध्यमिक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यार्थी जिवनमा अनुशासनको महत्व विषयक शिर्षकको प्रतियोगिता कक्षा ६ देखि १० सम्मका १७ जना छात्र/छात्राले प्रतियोगितामा भाग लिएका थिए ।
शुक्रबार भएको प्रतियोगितामा कक्षा १० की छात्रा प्रकृती घिमिरे प्रथम, कक्षा ८ का छात्र दिशन हमाल द्धितिय, कक्षा १० की छात्रा अनिता चेपाङ तृतिय हुन सफल भएका छन् । विजयी हुन सफल छात्र/छात्रालाई रु १० हजार बराबरको अक्सफोर्ड डिक्सनरी, स्कुल एटलस कापी कलम लगायतका शैक्षिक सामाग्री प्रदान गरिएको थियो ।
विद्यालयका प्राचार्य युवराज पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा एक्सन नेपाल धादिङका सन्तोष श्रेष्ठको प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रममा शिक्षक अभिभावक विद्यार्थी लगायतका सहभागिता रहेको शिक्षक तिलक चेपाङले जानकारी दिनुभयो ।