जेष्ठ २५ देखि पालिका प्रमुख र उपप्रमुखलाई तालिम दिइने

Avatar photo
Dhadingpost
शुक्रबार, जेष्ठ १९, २०७४

धादिङ जेष्ठ १९ । स्थानीय विकास मन्त्रालयले ३ नम्बर प्रदेश भित्र रहेको सबै पालिकाका प्रमुख र उपप्रमुखहरुलाई जेष्ठ २५ गते देखि तीन दिने अभिमूखिकरण तालिम दिने भएको छ ।

मन्त्रालयले जेठ २५ देखि २७ गते गतेसम्म ३ नं. प्रदेस भित्र रहेका सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ, नुवाकोट र मकवानपुरका सबै प्रमुख तथा उपप्रमुखहरुलाई धुलिखेलमा संयुक्त तालिम दिने भएको हो ।

यस्तै ४ नम्बर प्रदेशको जेठ ३०, ३१ र असार १ गते गरि तीनदिन र ६ नम्बर प्रदेशमा असार ४, ५ र ६ गते तालिम दिने तयारी गरेको छ ।

स्थानीय तह अधिकाँस केन्द्रिय अधिकार सम्पन्न स्थानीय तहको अभ्यास नेपालमा पहिलो भएकोले सेवाको निरन्तरता र गुणस्तरता तथा आर्थिक पारदर्शीता कायम राख्न मन्त्रालयले अभिमुखीकरण तालिमको आयोजनाबताइएको छ ।

उक्त तालिममा निर्वाचित प्रमुख र उपप्रमुखको काम कर्तव्य अधिकार र जिम्मेवारीका बारेमा जानकारी गराइनेछ । यस्तै सेवा वितरणका क्रममा आउन सक्ने सम्भावित समस्या र समाधानका उपायहरु सिकाइनेछ ।