खनियाबास विद्रोहबारे पुस्तक प्रकाशनको अन्तिम तयारी

Avatar photo
Dhadingpost
शुक्रबार, जेष्ठ १९, २०७४

धादिङ जेष्ठ १९ । धादिङको साविकका दार्खा सत्यदेवि र झार्लाङ मिलेर बनेको गाउँपालिकाको नाम हो खनियावास ।
साविकको गाविस सत्यदेविमा पर्ने खनियाबासको नामाकरण कहिले गरियो तथ्य सहित तिथिमिति पत्ता अहिले सम्म लागेको छैन । तर खनियाबासको नाम २०१७ साल देखि धादिङको इतिहासमा अंकित बनेको हो । हाल आयर यसै नामबाट गाउँपालिकाको नामकरण गरिएको छ ।

२०१७ सालको खनियाबास विद्रोह नेपाली क्रान्तिकारीहरूले मौखिक रूपमा चर्चा गरिदै आएको विषय हो । आदिवासी जनजातिको अधिकारको कुरा गर्दा पनि सो विद्रोहको समेत चर्चा हुन्छ । सामन्ती शोषकहरू विरूद्धको शोषितहरूको यो विद्रोहले दरवार हल्लियो, लोकप्रीय वि.पि. सरकार अपदस्त भयो । समग्रमा प्रजातन्त्रको घाँटी निमोठियो । यस प्रकारको महत्त्वपूर्ण आन्दोलनबारे राष्ट्रिय इतिहासले पर्याप्त स्थान पाएको भने देखिँदैन ।

दार्खामा जन्मिएका पछिल्लो पुस्ताका जुझारु युवा गोपाल फ्यूवाले यस विषयमा गहिरिएर खोज्ने प्रयास गरेका छन् । पेशाले शिक्षक फ्यूवा समसामयीक, जातिय अधिकार, खनियाबास विद्रोह सँग नजिक रहेर नियमित लेख रचना प्रकाशित गर्दै आई रहेका छन् ।

तामाङ साहित्यको जगर्ना देखि इतिहासको अभिलेखिकरण गर्न कम्मर कसेर लागेका तामाङ सेक्के तामाङ र खनियावास विद्रोहको अगुवा पुस्तक प्रकाशन गर्ने अन्तिम तयारीमा छन् । फ्युबाले यसअघि तामाङ गाउॅखाने कथाहरू (२०७१), म्हन्दङ (स्थान परिचय) (२०७२) पुस्तकहरू प्रकाशनमा ल्याई सकेका छन् ।

प्रकाशनको अन्तिम अवस्थमामा पुगेको यस पछिल्लो पुस्तक खनियाबासका क्रान्तिकारी नेता सेक्केको सेरोफेरोमा रहेर खनियावास विद्रोहको चर्चा गरिएको फ्यूवाले बताउनु भयो । ।