धादिङ नीलकण्ठ नगरपालिका साबिकको (गा वि स ज्यामरुङ) धादिङ आरुघाट खहरे सडक हो, जहाँ केही दिन पहिले बस दुर्घटना पनि भएको थियो र २० जना भन्दा बढी घाइते भए भने ३ जनाले अकालमा मृत्यु स्विकार्नु पर्यो ।
यहि सडक हो, जुन सडक आजभन्दा करिब ३० वर्ष पहिले देखि संचालनमा छ, यो सडकमा बस कुदेको करिब ३० भन्दा बढी भयो तर पनि सडक सुधारमा अहिलेसम्म कुनै सरकाररी चासो दिएको छैन, आज सम्म हामीले धेरै सरकार फेर्यौं, हेरौं तर सडक सुधारका उल्यख्य काम हुन सकेको छैन, आखिर किन ?
यो ठाउँ काठमाडौबाट सबैभन्दा नजिक पर्छ धादिङमा धेरै राजनीति पार्टी र तिनको नेता कार्यकर्ता छन् तिनीहरु सबैले एउटै शब्द बोल्छन् हामीले देश र जनताको लागी राजनीति गरेको हो, हामी यो देशलाई विकास गर्छौ तिनीहरुले बोल्ने शब्द यहि हो, के तिमीहरूले यो बाटो देखेनौ ? यो बाटो बनाउन पर्छ भन्ने तिमीहरूको दिमागमा सोच आएन ? धादिङको जनताले तिमीहरू संग यहि प्रश्न गरि रहेका छन् ।
यो बाटोमा कहिले सम्म जनताले अकालमा मर्न पर्ने हो ? २० बर्ष पछि अहिले स्थानीय तहको निर्वाचन सम्पन्न भयो जनताले तिमीहरूलाई निर्वाचित गराएको छ । यो निर्वाचनमा तिमीहरूलाई कुर्सीमा बस्नको लागि मात्रै जिताएको होइन जनताले तिमीहरूबाट विकासको आशा र अपेक्षा गरेका छन् । के तिमीहरू विकास गर्न सक्छौ कि सक्दैनौं ? जनताले चाहेको विकासको सपनाहरू पूरा गर्न सक्छौ ? आम उत्तरी धादिङवासी जनताले यहि प्रस्न गर्दैछन् ।
धादिङबेसी आरुघाट खहरे सडक मात्र हैन ? धादिङका ग्रामिण सडकहरुको स्तरोन्नती पहिलो काम बन्न आवस्यक छ, जव वर्षाद सुरु हुन्छ जिल्ला विकास समिति (हालको जिल्ला समन्वय समिति) ले ग्रामिण सडक यातायात संचालनको लागि बन्द गर्छ । यो सालपनि बन्दनै त गर्ने होला नी । स्थानीय तहमा पहिलो काम सडक स्तरउन्नती र शिक्षामा पहिलो जोड हुनु पर्छ । अरबौं रकम खर्च गरिएको भनिएका धादिङका सडकहरुको कामको मुल्याङकल कोठामा बसेर गरिन्छ ।
सर्वदलिय मिलेर आएको पैसा ट्यापे मुन्द्रे र समितिका सदस्य मिलेर हिना मिना गरिने प्रचलनको अत्य गरिनु पर्छ । पुरानै मान्छे पुरानै कार्यशैलिले प्रचण्ड सरकारले सफलता पुर्वक सम्पन्न गरेको स्थानीय तहको निर्वाचनको उपहास नहोस् । जनपक्षिय कामको लागि हाम्रो खवरदारी सदा निर्मम रहने छ ।
पुर्ब जनमुक्ति सेना किरण सिटौला (नेपाल कम्युनिष्ट पार्टी धादिङ) त्रिपुरासुन्दरी गाउँपालिका, सल्यानकोट धादिङ