जनप्रतिनीधिको काँधमा स्थानीय तह

Avatar photo
Dhadingpost
शुक्रबार, जेष्ठ १९, २०७४

वि.स २०५४ सालको स्थानीय निकायको निर्वाचन पछि अर्थात २० बर्ष पछि वि.स २०७४ बैशाख ३१ गते पहिलो चरणको स्थानीय निकायको निर्वाचन भएको छ ।यस निर्वाचनबाट जनप्रतिनिधिहरुको चयन भएको छ ।

देशले काम गर्ने सक्ने जनशक्ती पाएको छ । जनप्रतिनीधीको काँधमा राज्यले जे जे अधीकार दिएको भए पनि जनताले विकासको बागडोर अधिकार र कर्तव्य दिएका छन । गाँउमा सडकमा स्तोरनती,खानेपानीको सुबिधा , विद्युत चुवाहटमा रोक र सुविधा, सिचाई ,सरसफाई र भुकम्पले थल्लिएको बेला भएको निर्वाचनमा पक्कै पनि भोट हाल्ने जनताले जनप्रतिनीधी संग आफ्नो घर निमार्णका लागी राहतको प्याकेस सरल, जस्ता विषयमा आशा गरेका छन् ।

शिक्षामा दिन रात मौलाउदै गएको व्यापारीकरणलाई रोक लगाई सरल र सहज तरिकाबाट जन विद्यार्थी र उनीहरुको अबिभावकको प्रतिनीधीत्व हुने गरी अवको जनप्रतिनीधीको काँधमा काम थपिएको छ । निजी बिद्यालयहरुले मनपरि रुपमा उठाएका शुल्ल र सामादायीक विद्यालय प्रति जनताको आस्थाको केद्रका रुपमा लिदै काम गर्न पनि जरुरी देखीन्छ ।

२०५४ सालमा जन्मीएको मान्छे आज उ आफै जनप्रतिनीधी बन्ने झन्डै अधीकार राख्ने उमेर भैइ सक्दा पनि माओवादी सशस्त्रद्धन्दका कारण स्थानीय निकायको निवार्चन हुन सकेको थिएन । माओवादी शान्तीबातामा आए पछिको ०६२÷०६३ जनआन्दोलनबाट राजसंस्थालाई अत्य गरी आफ्नो साशन सत्ता जनताका छोराको हातमा नै शुम्पन्ने काम भयो र पहिलो संविधान सभाको निर्वाचन गर्न मुलुक लाग्यो । त्यो सभाबाट सविधान जारी हुन नसके पछि पुन २०७० मा दोस्रो संविधान संभाको निर्वाचन भयो र उक्त संविधान संभाबाट २०७२ अशोज ३ गते नेपालको संविधान २०७२ घोषणा भयो । सोही संविधानमा उल्लेख भए बमोजीमकै स्थानीय तहको निवार्चन भएको हो । अधिकार संम्पन्न स्थानीय तहको निर्वाचनबाट मुलुकको विकासे करीडोर अघी बडनेमा जनताहरु विश्वास्त छन् ।

जनताको बैशाखीका रुपमा रहेका छन जनप्रतिनीधी, आफ्नो बैशाखी चुनेका हुन जनताले, स्वास्थ्य अहिलेको मुलभुत बिषय बस्तु बनी रहेको छ । सामाजीक स्वास्थ्य संस्थाको आवश्यक रहेको छ । प्रत्यक वडाको जनघनत्वको चाप बडदै छ । यसले गर्दा पनि अहिलेका जनप्रतिनीधी जनताका बैशाखी हुन जनतालाई राम्रो संग टेकाउन दायीत्व बडेको छ जनप्रतिनीधीहरुको । हजारौँ युवाहरु रोजगारीको खोजीमा भौतारी रहेका छन । आफ्नो जनप्रतिनीधीबाट त्यो कुराको पनि आशा राखेका छन । जनप्रतिनीधी मार्फत यि कुरा खोजी रहेका छन युवाँ की विदेशीन नपरोस यहि देशमा आफ्नो काममा रोजगारीको र्सिजना होस । युवाँहरुको यही कल्पना र आशा छ । अहिलेका जनप्रतिनीहरु बेरोजगारको रोजगार बन्नु पर्ने बाध्यता छ ।

नेपालमा बिष बर्ष जनप्रतिनीधी विहीन हुदा सर्बसदलीय सम्यन्त्रका नाममा गाँउ गाँउमा विकास कार्य हुने सकेन कुनै गाँउ वा टोल गा वि सबाट छुटीएका बिकासे रकममा कतै माओवादीको कार्यकर्ता उक्त समीती अध्यक्ष नभएको नीहुमा कतै एमालेको कार्यकता नभएको नीहुमा कतै नेपाली काँग्रेसका कार्यकता नभएका निहुमा विकासका कार्य अगाडी बडन सकेनन् ।

सामाजिक रुपमा काम गर्ने संघ संस्थालाई राजनीतिक खोल ओडाउने काम समेत भयो । जसले जनचेतनाका कामहरु गरेका थिए । जसले सामुदायीक भबन निमार्ण गर्नका निमीत काम गर्ने संस्थाका सामाजीक परिचालकहरु कुटीएको उदाहरण पनी छ । यो स्थानीय निकायको निर्वाचन पश्चात यी सामाजीक परिचालकहरु कुटीनु पर्ने छैन । जसले समाज परिर्वतनका निम्ति र जनचेतनाका निम्ति काम गरी रहेन पाउने छन ।

नेपालमा धेरै पत्रपत्रिका हरु पनि छन । सबै पत्रपत्रिकाहरुको आफ्नै भाषा शैली छ । ती पत्रपत्रिका, रेडियो, टेलीभीजन, अनलाईन सञ्चार माध्यममा काम गरी रहेका पत्रकारको समाज बिकृती बिसगतीलाई समाचार वा लेखका रुपमा बाहिर ल्याउन अधिकार छ र माध्यम पनि पत्रकार नै हुन् उनीहरुलाई दिन रातै समाचार लेखेको निहुमा वा सोधबुझ गरी समाचार लेख्न भन्ने अभीयोगमा समाजका काला पात्रहरुले मार्ने धम्की दिई रहेको वेला भएको यो स्थानीय निर्वाचनबाट पत्रकारहरु सुरक्षाको महशुस दिलाउने गरी काम गर्नु पर्ने बाध्यता अहिलेको जन प्रतिनीधीहरुको काँधमा छ ।

स्थानीय स्तरमा भएका आय स्रोतलाई परिचालन गरी रोजगारको र्सिजना गर्नु , यसलाई नै आफ्नो गाँउ पालीका वा नगरपालीको आयस्रोतका रुपमा लिई आफ्नौ स्रोतबाट स्थानीय स्तरमा रहेको विद्यालयहरु सन्चालन गर्नु समेत अहिलेको जनप्रतिनीधीको काँधमा यो पनि जिम्मेवारी थपिएको छ सरकारी कर्मचारी वाहेक गाँउ पालीका वा वडा पालीकामा जनप्रतिनीधीले राख्न पाउने कर्मचारीहरुको व्यवस्थापन गरी पद पुर्ति गर्नु, जनताको घर दैलोको सामान्य बेमेलको अवस्थाको सहजीकरण गर्नु अहिलेका जनप्रतिनीधीहरुको काँधमा आएको छ ।
एमाले सकारमा भएका वेला शुचारु गरीएको सामाजीक सुरक्षा भत्तालाई पनी व्यवस्थीत वितरण गर्ने असाय, अपाङ्घ, एकल महिलको सामाजीक सुरक्षामा थप सुरक्षा प्रदान गर्ने, बेरोजगार युवाँहरुलाई रोजगार प्रदान गर्ने रचनात्मक कामको थालनी समेते यो बेलाका जनप्रतिनीधीको काँधमा जिम्मेवारी थपिएको छ ।

हरेक वडाको माझपर्ने गरी वडा कार्यालयको स्थापना गर्नु प्रत्यक गाँउपालीकाको केन्द्र तोकीएका स्थानमा गाँउ पालीका कार्यलयको स्थापना गर्नु जिल्ला स्तर बाट पाइने सुविधा अव गाउमै सुचारु गर्नु,सडक सन्जाल नपुगेका स्थानमा सडक सञ्जाल पु¥याउन जनतालाई सन्चार सुविधा प्रदान गर्नु प्रत्येक गाँउ र टोल टोलमा टेलीफोन लाईनको विस्तार गर्नु, भुकम्प प्रतिरोधी घर समुहीक आवाषको निमार्ण गर्नु यी सर्बै अहिलेको जनप्रतिनीधीको काँधमा आएको छ ।