हिरासत मै प्रहरीको कुटाईबाट ५ जना घाईते

Avatar photo
Dhadingpost
बिहिबार, जेष्ठ १८, २०७४

धादिङ जेष्ठ १८ । धादिङको बेनिघाट रोराङ गाउँपालिका स्थित जोगीमारा प्रहरी चौकीको हिरासतमा रहेका ५ जना प्रहरीको कुटाईबाट सख्त घाईते भएका छन् ।

घाईतेहरुको जिल्ला अस्पताल धादिङमा उपचार गराई रहेका उनीहरुको ढाडमा र फिलाहरुमा धेरै रगत जमेको, सुम्लाहरु उठेको, जिल्ला अस्पताका स्वास्थ्य कर्मीहरुले बताए । हिसासदमै कुटाई खाएको पिडितहरुले प्रहरी विरुद्ध स्थानीय प्रशासनमा उजुरी समेत दिएका छन् ।
स्थानीय चिरौंदीका ६ जना होटल व्यवसायीहरु ४५ वर्षीय कृष्ण गुरुङ्ग, २५ वर्षीय निर्मल नेपाल, १७ वर्षीय सन्तोष यादव, १७ वर्षीय अंकित तामाङ्ग र ३५ वर्षीय सुर्य प्रजालाई मेलमिलाप गर्न लिई मंगलवार राती ११ वजे प्रहरी चौकी मै कुटिएका थिए । ।

प्रहरी चौकी जोगीमाराको मझिमटार स्थित प्रहरी चौकीका ईन्चार्ज प्रहरी नायव निरिक्षक राजु पौडेलल मदिरा सेवन गरेर प्रहरी चौकी मै हतकडी लगाई वा“सका लाठीले घोप्टो पारेर पिटेको उजुरीमा उल्लेख छ । पिडितहरुले नीलडाम भएका शरिरको तस्वीर समेत प्रमाण पेश गरेका छन् ।

गत मंगलवार राती वेनीघाट—७, चरौंदी स्थित गुडलक होटलमा राती ९ वजे खाना अर्डर दिई मदिरापान गरेका ट्रकका ५ जना चालक तथा सहचालकले आपसमा विवाद गरि २४ सय रकम नतिरि भागे पछि आपसमा विवाद भएको थियो ।

पिडितहरुको निवेदन सहित आवश्यक छानविन र कार्वाहीको लागी विहीवार जिल्ला प्रशासनको पत्र प्राप्त भएका ेछ, जोगीमारामा अर्को ईन्चार्ज पठाई निज सई पौडेललाई जिल्लामा झिकाएका छ । छानविन गरि आवस्यक कार्वाही गर्छौैं’ जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक दिपेन्द्र पंजियार थारुले वताए । सई राजु पौडेल २ वर्ष देखि उक्त चौकीमा ईन्चार्ज थिए ।