धादिङमा नेकपाका १२ कार्यकर्ता रिहा भएको मिनेट भरमा पुन पक्राउ

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ १७, २०७४

धादिङ जेष्ठ १७ । धादिङ जिल्लाका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका १२ जना कार्यकर्ताहरु रिहा भएको मिनेट भरमा पुन पक्राउ परेका छन् ।

बैशाख २२ गते राती मलेखुबाट ताल्ती हिडेका १२ जनालाई गुम्बा डाडाँबाट पक्राउ परेका उनीहरुलाई जनही १ हजार धरौटीमा मंगलबार जिल्ला प्रशासन कार्यालय धादिङले रिहा गरेको मिनेट भर मै उनीहरुलाई प्रहरीले पुनः पक्राउ गरेको हो ।

चुनाव विरोधी गतिविधि गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेपछि सार्वजनिक मुद्धा खेति रहेका ति १२ जना नेकपा कार्यकर्ताहरु धरौटी रिहा हुने जानकारी पाएको प्रहरीले जिल्ला प्रशासन परिसरबाटै पुन पक्राउ गरेको थियो ।

पुन पक्राउ पर्नेहरुमा बुद्ध गुरुङ जनसरकार प्रमुख तथा जिल्ला सचिवालय सदस्य, राजकुमार गुरुङ जिल्ला सचिवालय सदस्य तथा राजयूको केन्द्रीय सदस्य, सुन्दर तामाङ जिल्ला सचिवालय सदस्य र जिल्ला सदस्यहरु सुर्य तामाङ, राजुघले, मनोज घले, धनबहादुर घले, भिम विश्वकर्मा लगायत छन् । उनीहरुका विषयमा थप अनुसन्धान गर्नुपर्ने भएकोले पक्राउ गरिएको प्रहरीले बताएको ट पक्राउ सँगै उनीहरुलाई नुवाकोट चलान गरिएको छ ।

भिम विश्वकर्मा मुटुरोगबाट ग्रस्त रहेका मुटुरोगी हुन् भने मनोज तामाङ अखिल क्रान्तिकारी धादिङका नेता हुन् । मनोज तामाङलाई पुन पक्राउ गरिनु निन्दनिय भन्दै अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष अटलले एक विज्ञप्ती जारी गर्दै गुण्डा गर्दी शैलीमा आफ्ना कार्यकर्ता पक्राउ गरिएको भन्दै विना सर्त रिहाइको माग गरेका छन् ।

यो पनि पढौं ।धादिङ ताल्तीबाट १२ जना विप्लव कार्यकर्ता पक्राउ