काठमाडौं जेठ १५ । सरकारले आगामी आर्थिक बर्षका लागि वजेट सार्वजनिक गर्दै प्रत्यक गाउँपालिकालाई न्यूनतम १० करोड र अधिकतम ३९ करोडको बजेट छुट्याएको छ ।
नेपाल सरकारका अर्थमन्त्री कृष्णबहादुर महराले बजेट भाषण गर्दै गाउँपालिकालाई १० करोडदेखि ३९ करोडसम्म बजेट दिने घोषणा गरेका गर्नु भएको हो ।
बजेट भाषण मार्फत मन्त्री महराले नगरपालिकाले न्यूनतम १५ करोडदेखि ४३ करोडसम्म अनुदान पाउने बताउनु भयो।
उहाँले त्यस्तै एउटा उपमहानगर पालिकाले न्युनतम ४० करोडदेखि अधिकतम ६३ करोडसम्म केन्द्र सरकारबाट अनुदान पाउने छ बताउनु भएको थियो ।
एउटा महानगरपालिकाले कम्तिमा ५६ करोडदेखि अधिकतम १ अर्ब २४ करोडसम्म अनुदान पाउने अर्थमन्त्री महराले घोषणा गरेका छन् ।