दास्रो स्थानिय तहको निर्वाचन असार ९ मा सर्यो

Avatar photo
Dhadingpost
सोमवार, जेष्ठ १५, २०७४

धादिङ जेष्ठ १५ । सरकारले दोस्रो चरणको चुनाव १० दिन पर सारेको छ ।

जेष्ठ ३१ गते गर्ने भनिएको चुनाव मधेसवादी दलहरु आन्दोलित भएपछि असार १० दिन पर सार्ने सरकारले निर्णय गरेको हो ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले दोस्रो चरणको चुनाव असार ९ गते गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

सरकारले संविधान संशोधनको माग राखेर आन्दोलनरत मधेस केन्द्रित दललाई चुनावमा सहभागी गराउन चुनाव सार्ने निर्णय गरेको उनले बताए। पहिलो चरणमा सहभागी नभएका र कतिपय विषयमा रिजर्भेसन राखिरहेका दहरुलाई पनि सहभागी गराउन जेठ ३१ गतेबाट असार ९ गते शुक्रबार गर्ने निर्णय समेत संचार मन्त्री कार्कीले बताउनु भएको छ ।