धादिङ जेष्ठ १४ । धादिङबेसीबाट टारी बेसी हिडेको बस बाटोमा विग्रिय पछि यात्रु लिन त्रिपुरेश्वर बोडिङ स्कुलकोे बस गोला भञ्ज्याङ आएको थियो । यात्रु लिएर जाने क्रममा भकारेमा दुर्घटनामा परेको हो ।
सडकबाट करिब १०० मिटर तल खरेको बसमा यात्रा गरि रहेका यात्रु मध्य ६ जनाको ज्यान गएको र २० भन्दा बढी घाइते भएको जनाइएको छ ।
अहिले दुर्घटना स्थलमा प्रहरी पुगि सकेको छ भने एम्बुलेन्स समेत पुगि सकेको घटना स्थलबाट कमल सापकोटले बताउनु भयो । यस अघिको समाचारमा त्रिपुरेश्वर बोडिङ स्कुलकोे बस हुनु पर्नेमा अन्यथा भएकोले सच्याइएको छ ।