धादिङका सबै पालिका प्रमुख र उपप्रमुख धादिङबेसीमा

Avatar photo
Dhadingpost
आइतवार, जेष्ठ १४, २०७४

धादिङबेसी जेष्ठ १४ । धादिङका १३ वटै पालिकाका प्रमुख तथा उपप्रमुखहरु एउटै कार्यक्रममा सहभागि बनेका छन् ।

जिल्ला समन्वय समिति धादिङले धादिङ २ नगरपालिका र ११ गाउँपालिका प्रमुख तथा उपप्रमुखलाई परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरि सबैको जमघट धादिङबेसीमा गराएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति धादिङ स्थानिय विकास अधिकारी जीवलाल भुसालले सबै पालिकाका प्रमुख, उपप्रमुखहरुलाई खादा ओढाएर स्वागत तथा कार्यसफलताको सुभकामना दिनु भएको थियो । निर्वाचन पछि पहिलो पटक एकैपटक एउटै कार्यक्रममा सहभागि भएको जननिर्वाचित स्थानीय निकाय प्रमुख तथा उपप्रमुखको कार्यक्रम यो पहिलो हो ।

कार्यक्रममा स्थानीय विकास अधिकारी जीवलाल भुसालले हिजो शासनबाट चल्थ्यो अब स्थानीय तहबाटै चल्न लागेको प्रति खुसि व्यक्त गर्दै कुसलता पूर्वक जननिर्वाचित प्रतिनीधिहरुको कामलाई कानुनी तवरबाट कर्मचारीको पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

को को हुन निर्वाचित प्रमुख तथा उपप्रमुख

१. धुनीबेसी नगरपालिका
प्रमुख- बालकृष्ण आचार्य
उपप्रमुख- निरु खरेलले
२. सिद्धालेक गाउँपालिका
प्रमुख- प्रेमनाथ सिलवाल
उपप्रमुख- कमला शर्मा
३. थाक्रे गाउँपालिका
प्रमुख- रामकुमार आचार्य
उपप्रमुख- अम्बिका रुपाखेती
४. खनियाबास गाउँपालिका
प्रमुख- रणबहादुर तामाङ
उपप्रमुख- योमाया तामाङ
५. नेत्रावती गाउँपालिका
प्रमुख- दुर्गा कुमार शाक्य
उपप्रमुख- उर्मिला तामाङ
६. रुवीभ्याली गाउँपालिका
प्रमुख- चेरुङ तामाङ
उपप्रमुख- मिना लामा
७. ज्वालामुखी गाउँपालिका
प्रमुख- विनोद तिमिल्सीना
उपप्रमुख- जानुका सिम्खंडा
८. गंगाजमुना गाउँपालिकामा
प्रमुख- बलबहादुर अधिकारी
उपप्रमुख- एन्जिला तामाङ
९. बेनिघाट रोराङ गाउँपालिका
प्रमुख- हरि डल्लाकोटी
उपप्रमुख- देवीप्रसाद सिलवाल
१०. गल्छी गाउँपालिका
प्रमुख- कृष्णहरी श्रेष्ठल
उपप्रमुख- राधा तिमल्सिना
११. त्रिपुरासुन्दरी गाउँपालिका
प्रमुख- शम्भुकुमार थापा
उपप्रमुख- देवी पाण्डे
१२. गजुरी गाउँपालिका
प्रमुख- राजेन्द्रविक्रम बस्नेत
उपप्रमुख- सीता ढुङ्गाना
१३. नीलकण्ठ नगरपालिका
प्रमुख- भिमप्रसाद ढुङ्गाना
उपप्रमुख मनराज भण्डारी