धादिङमा म्यादी प्रहरी आन्दोलित १ जना घाइते

Avatar photo
Dhadingpost
आइतवार, जेष्ठ १४, २०७४

धादिङ जेष्ठ १४ । धादिङमा म्यादी प्रहरीका रवि सापकोटा लाठीबाट सामान्य घाइते भएका छन् ।

बैशाख ३१ गतेको स्थानीय तहको निर्वाचन सम्पन्न गर्न भर्ना गरिएका म्यादी प्रहरीलाई दोश्रो चरणको निर्वाचनका लागि तराई पठाउने निर्णयको विरोध गर्दा उनी प्रहरीको लाठी चार्जबाट घाइते बनेका हुन् ।

जुन प्रयोजनको लागि म्यादी भर्ना गरिएको थियो चुनाव सकिएको १५ दिन सम्म पनि चोक र गल्लीमा डियूटी गर्न वाध्य बनेका उनीहरुबारे विभिन्न मिडिया समाचारहरु सार्वजनिक भएका थिए ।

हामीलाई ५५ दिनको सम्झौता भनेर सडक चोक चोकमा डियुटी गर्न लगाइयो फेरि तराई पठाउने र जान्न भन्दा प्रहरीको लाठी खानु पर्ने कुन दिनमा फसिएछ एक म्यादी प्रहरीले धादिपोष्टलाई बताए ।