नेतृ कल्पना धमलाको आक्रामक स्टाटस उस्तै कमेन्ट (जस्ताको तस्तै)

Avatar photo
Dhadingpost
आइतवार, जेष्ठ १४, २०७४

धादिङबेसी जेष्ठ १४ ।  कल्पना धमला धादिङ जिल्लामा परिचित नाम हो । ०६४ सालमा धादिङ क्षेत्र नम्बर २ का जनताले अत्याधिक मत दिएर जिताएका जनताले ०७० मा नराम्ररी पछारेका थिए । कुनै बेला नेपाली राजनीतमा चर्चामा आउने महिला नेतृ कल्पना धमला माओवादी आन्दोलनले स्थापित गरिदिएको नाम हो । अहिले भने धमला पार्टी विभाजन सँगै नयाँ शक्ति नेपाल पार्टीको केन्द्रिय परिषद सदस्य हुनुहुन्छ ।

औलामा गन्न सकिने महिला नेतृहरु मध्ये पर्ने कल्पना धमला माओवादी सरकारको पालामा विज्ञान तथा प्रविधि मन्त्री समेत भैसक्नुभएको नेता हो । कुनैबेला धादिङका जनताले राम्रै विश्वास गरेका र कुनै वेला अविश्वसको भुमरीमा पर्नुभएकी पूर्व मन्त्री कल्पना धमलाको हालको पार्टी नयाँ शक्तिलाई मापनको विधि धेरै होला तर धादिङका जनताले स्थानीय तह तहको निर्वाचनमा पत्याएको देखिएन ।

धमला चुनावको आसपास देखि सामाजिक संजाल मार्फत माओवादीहरुको विरुद्ध आक्रोस पोखिरहनु भएको देखिन्छ । कल्पना धमला जत्तिको व्यक्ति त्यति तल झरेर सामाजिक संजानमा आक्रोस पोखेको नसुहाएको बताउने जमातहरु पनि उत्तिकै छन् भने धमलाको स्टाटसमा टिप्पणी र खण्डन गर्नेहरु पनि धेरै नै छन् ।

चुनावी प्रचार दौरानमा आफ्नो जन्मभुमी ज्यामरुङमा पुगेका बखत आचार संहिता विपरित प्रचार गरेको आरोपमा स्थानीय केहि युवाहरुले खवरदारी गरे पछि धमला सामाजिक संजाल मार्फत आक्रमित हुनथालेको बताइन्छ । सामाजिक संजाल फेसबुकमा बेला बखत देखिने धमला केहि समय देखि नियमित अपडेत हुनु हुन्छ र उहाँका स्टाटस बिचारमा बहस भन्दा अलि पृथक भएको आवाजहरु बाहिर आएरहेका बेला धमलाले पोष्ट गर्नु भएको २ स्टाटस र केहि कमेन्टहरु जस्ताको तस्तै:
स्टाटस नं. १
Yesterday at 05:23 ·
जनयुद्धको बेला एकछाक खान र एक रात बस्न नदिनेहरु, देश र जनताको लागि एक थोपा पसिना नबगाएकाहरू, आजकल फेसबुकमा मार्सबाद र जनयुद्धको ठुलठुला कुरा गरेको देखिन्छ। सत्ता ,शक्ति र स्वार्थका दासहरू !!! धिक्कार छ तिमीलाई । अरुको स्वाभिमान र योगदान माथि समेत धावा बोल्न लाज लाग्दैन ? तिमीहरूको छातीमा मानबताको-म, नैतिकताको-न, सकारात्मकसोचको-स भएको भए सहि र गलत छूट्याउन सक्ने थियौ । नकारात्मक सोचको पहाड लाई समयको गतिले भत्काउने छ । केही पाखण्डिरुलाई साथीको कोटीबाट हटाउने सोचमा पुगे ।
यस्ता छन् केहि कमेन्टहरु
Ram Ghimire- मलाइपनि केही भन्न मन लाग्याे
कल्पना जि, के १० बर्षे युध्द बिर्सनुभयाे ? के का लागि थियाे युध्द र अहिले के पाराप्तिका लागि अलाप्दै हुनुहुन्छ । अाफुले गरेका युध्द उपलब्दिलाइ सँस्थागत गर्दे यसै मा अटाएकाे भए राम्राे हुन्नथियाेकि ? के हरेक ब्यक्तिइच्छा पूरा नहुदासम्म यस्तेे गर्दे जाने हाेर ,? के थाह भाेलि तपाइहरु मध्ये कतिपय फेरि अर्काे युध्दमा लागे भने तपाइहरु सफल हुनुहाेलार ?
Kumar Jamakatel- कल्पना मिठै थियो होला, एक्काईसौ सताब्दीका मानिसहरु नेपालकै भएपनी चेतनसिल छन् भन्ने कुरा बिभिन्न कालखन्डले प्रमाणित गरेको छ ।
म्याजिक इन्द्रधणुष- को छन तेस्ता लाचार हरु लिनुस हाम्रो अगाडी तर्क गर्न तयार हुन्छन भने।
Harish Abhinab- नयाँ बजार बाट कुन अवस्थामा पुलिसले लघारेर लिएकाे थियाे ? लुक्ने , भाग्ने , पक्रिने ,यातना भाेग्ने , कालकाेठरीमा कैद हुने त्याे नारकीय जीवन माओबादी आन्दाेलनमा लामबद्ध हुने कराेडाै नेपाली जनतामा समर्पित थियाे ।न कि एकजनाकाे सनककाे लागि । माओबाद त परै छाेडाै माक्सर्बादमा पनि दुर्गन्ध देख्नु भयाे । आफ्नाे क्रान्तिकारी स्वर्णिम ईतिहास मात्र एकजनाकाे लागि समर्पण गरेकाेमा सलाम ।।
Khagendra Shahi- दुःख कष्ट गरि घर बनाउने घरमुलीले छोडेर गएपछि त्यो घरको मालिक अरुले नै बन्ने मौका पाउछन । माओवादी आन्दोलन तपाईहरुकै रगत र पसिनाबाट यहाँसम्म आएको हो । कृपया फर्किनुस ! चैतेहरु आफै तह लाग्छन । नत्र भने बाहिरबाट जति कराएपनि केही हुनेवाला छैन दिदि ।
Deepak Dhakal- असल नेताले जनतालाई घुर्की लगाउने हैन होला जस्तो लग्छ। आफुले निस्वर्थ मनले जनहितमा सेवा गरिरहनु पर्छ। तुरून्त फाइदालिन त व्यापार गर्नुपर्छ। हाे हाम्राे वरिपरि राजनितिक व्यापारी नभयका पनि हैनन्। तर सबै उस्तै हुने भए नयाँ र पुरानाे भन्नू काे फरक पनि देखिँदैन । बलवान् त समय हाे । र समयले हाम्राे कर्म काे फल अबस्य दिन्छ। आम नागरिकले त आफ्नाे छ्यमताले भयाएकाे उपहार/पुरस्कार (भाेट काे रुपमा हाेस या अासिर्बाद काे रुपमा वा तिरस्कार काेरुपमा)दिन्छन। तर नेताले ठूलाे मन बनाएर सबै स्वीकार्नसक्नुपर्छ जस्ताे लाग्छ ।
Rabindra Panta- कुकुरले टोक्यो भने कुकुर लाई टोक्न जानु कत्तिको बुद्धिमानी?कसैले गाली गरो भने उस्लाइ गालीले जबाफ दिनु जरुरी छ जस्तो लाग्दैन।अरुजस्तो बन्न नखोज्नुस आफू आफै जस्तो बन्नुस। सामाधान यही छ ।
Milan Kc Khadka- बीचार नमीले छुट्टीन पाइन्छ भन्ने नीती त जनयुद्दमै अंगीकार गरेको हौ दीदी तर जनयुद्दमा हजुर संगै रगत र पसीना बगाउने हामी सबैको आहावान हो एक ठाउ मै बसेर मात्र हामीले हाम्रा सपना हरू पुरा गर्न सक्छौ,

स्टाटस नं. २
25 May at 22:26 ·
गोयबल्स शैलीमा झुटको खेती माओबादि केन्द्र को नियति!!!! जितमा उमलिने हारमा चाउरिने अधरेय पंङति केही सिटको जितमा आफुलाई सर्वेसरबा ठानेँका छन्। उत्ताउलो गाई बाघले खाई भन्ने उखानको चरितार्थ गरेका छन् फेसबुकमा। अनि सत्यतथ्य पत्ता लगाई सुचना दिनु पर्ने सन्चार माध्यम हरु सत्यतथ्य नै नबुझी कुनै समाचार को आधिकारिकता बिनानै समाचार लेख्नछन्।सूचना प्रविधिको दुरुपयोग !! च्याउ उम्रे जसरी उम्रिएका online हरु सबै सूचना सम्प्रेषण गर्ने उदेश्यले नभएर :::::::!!!! प्रसंग म माओबादि मा फर्कदै भन्ने हल्ला निराधार र भ्रामक हो। स्वार्थको लागि माओबादि हुनु छैन।स्वाभिमानको लागि नयाँ शक्ति निर्माण मेरो प्रतिबद्धता हो कसैको टाउको नदुखोस।

यस्ता छन् केहि कमेन्टहरु
Manjila Anil Upreti- स्वाभिमान धितो राखेर दास मानसिकताका बोकेका केहि झुण्डको अस्थायि सोच हो.!!
प्रकाश श्रेष्ठ- ए भुपु कामरेड तपाई जस्तो काएरले माओवादीलाई गाली गरेर आफ्नो शब्दहरु खेर फ्याक्नुको कुनै अर्थ छैन।
Biwas Chapagain- यति मान्छे मारेर अनि नयाँ शक्ति भन्ने हाहाहा बाबुराम
को पुछार ईन्डिया को agent
Raja Ram Khakural- माओबादी केन्द्र लाई गाली गर्नु भनेको तपाई मा भयेको अलिकति पनि नैतिकता मा नोक्सान हुनु हो।।स्वार्थ त तपाई हरुमा भारी छ तेसैले आफैले खाको खाना लाई अहिले आची देख्नु भो।।।
Nabin Shrestha-हल्लाको खेती गरेर बस्नेहरु को कुनै अर्थ छैन दीजु
रामचन्द्र वाग्ले- हिजो ठुलो कुरागर्दै हामी जस्ता युवा लाई स्कुल पढ्न नदिने यिनै होइनन आज ठुलो कुरा गर्दै हिड्ने अधिकार यिन लाई छैन जुन थाल मा खायो तेहि छेर्दै हिड्नेलाई के भनिन्छ ? रोपार भनेको धान रोप्ने कोदो रोप्ने लाई भनिन्छ त्यो चाहे महिलाले रोपोस या पुरुष ले दुबै रोपार हुन
Uday Khanal-अतिनै छ दिदी के भन्नू र ! खै तिनलाई कार्वाही गर्न सक्या?? जे गरेनी मनलाग्दि छ। सिस्टम कहिँ छैन। झुटको खेती गरेर फुटको उत्पादन गर्ने प्रचलन कहाँबाट आउँछ आउँछ। अनि फेरि गरिव सोचका नेपाली बिचरा जस्तोपनी पत्याईदिने। अतिनै भएको छ।
अमृत कुमार श्रेष्ठ- हिजो १० बर्षे जनयूध्दमा कल्पना धमला बम , बारुद र बन्दुक बोकेर आफ्नो काखको दुधे बच्चालाई अर्कैको जिम्मा लगाएर आफ्नो ज्यान हत्केलामा राखेर स- परीवार जनयूद्दमा होमिएर जोगाएको पाटी हो माओबादी, कल्पना धमला जनयूद्द लड्दै गर्दा उनको सुराकी गर्नेहरू र त्यो बेला गुच्चा खेल्दै गरेका हरुले आज उनैलाई माओबादका पाठ सिकाउदै छन्, अझ भगौडा रे , माओबाद छाड्यो रे , थुक्क पातकी कल्पना जि हजुर जस्ताे २०३२ साल देखि माओबाद र जनक्रान्ति काे बिगुल फुकेर जनताकाे कानै बैराे हुने गरी हिड्ने जनप्रेमी जनभाबी महिला नेतृत्व कर्मी ले त आफ्नाे हैसियत,धरातल र जन्म दिने घर आगन र आमा बाबा लाई भुलेर पराई आमा बाबा लाई आफ्नाे स्विकार्न जाने ब्यक्तिलाई खै अब म जस्ताे सर्ब साधरण जनताले के भनउ र हो । कनै समय मा बिध्यालय सिक्षा हासिल गर्न गएकाे साधरण लेख पढ समेत गर्न नजान्ने कलिला स-साना बालबालिकालाई बिध्यालयबाट उठायर जँगलमा लगि जनबाद र जनक्रान्तिकाे पाठ सिक्नै पर्छ नत्र बने गाेला बारूद र बमकाे सिकार हुनु पर्छ भनेर डर र त्रास मा राखि जनप्रेमी जनक्रान्ति काे ज्वाला बनाकाे हजुर ले नै हाे कल्पना जि ……देशकाे सभासद जस्ताे एउटा गरिमामय पदमाकाे समेत हैसियत बनाउदा हजुरले हामि जस्ताे हजुरहरूकाे हातकाे कठपुत्लि कार्यकर्ताकाे मनाे भावना र सानाे पिर ब्था र मर्का बुज्न नसक्नेले अझै पनि के आशा र भराेसाकाे आस र आडमा राजनिति गर्नुहुन्छ ……? पिलिज कल्पना जि भाे रहर नगर्नुस जिबन भरी हजुर जस्ताे नेताहरूलाई कहिल्यै भलाे हुदैन सहिदकाे आँसुकाे धाराले कहिल्यै सफलताकाे आभाष हुने छैन । याे मेराे प्रण भयाे हजुरलाई ।