धादिङ जेष्ठ १३ । वेनीघाट रोराङ्गको शंखादेवी माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गरी फर्केका चेपाङ हत्याको आरोपीत पक्राउ परेका छन् ।
स्थानीय तहको निर्वाचन गरि फर्केका ३० वर्षीय लक्ष्मण चेपाङ्गको हत्या गरेको आशंकामा १८ वर्षीय युवक अर्जुन वुढामगरलाई प्रहरीले पक्रेको हो ।
दाङको गोवरडिहाबाट आएर विगत ८ महिना देखि स्थानीय आइतीमाया चेपाङ्गको घरमा घरज्वाइँ बसेका १८ वर्षीय वुढामगरले हत्या गरेको गरेको बताइएको छ ।
प्रहरी सँगको वयानमा बुढामगरले मृतकको घर नजिकैको आफ्नै सासु आइतीमायाको पसल चोरी गर्ने नियतले ताला फुटाल्दै गर्दा लक्ष्मणले देखेर २ थप्पड लगाएपछि आवेशमा आएर हत्या गरेको पक्राउ परेका अर्जुनले बयान दिएका छन् ।