काठमाडौं जेठ १३। गोमा एयरको कार्गो विमान लुक्ला विमानस्थलमा दुर्घटना भएको छ ।
विमान लुक्ला विमानस्थलको रनवेबाट केही बाहिर गई दुर्घटना भएको प्रहरी निरीक्षक प्रधुम्न अधिकारीले जानकारी दिए। गोमा एअरको L410 सेरिजको 9N AKY कल साइन भएको विमान ल्यान्डिङका क्रममा २ बजेर ४ मिनेटमा दुर्घटनामा परेको हो।
विमानका चालक चालक पारस राई थिए भने सहचालक श्रीजन मानन्धर, विमान परिचारिका प्रज्ञा महर्जन थिइन् ।
मानन्धर र मर्हजनको उद्दार भएको छ भने राईको उद्दार प्रयास जारी रहेको बताईएको छ।