जगत सिंखडाको सुझाव- जनताले भोट नहाल्नु हाम्रै कारण

Avatar photo
Dhadingpost
शनिबार, जेष्ठ १३, २०७४

धादिङ जेष्ठ १३ । माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा अखिल नेपाल टे«ड युनियन महासंघका महासचिव जगत सिंखडाले माओवादी केन्द्रलाई जनमुखि पार्टी बनाउन फेसबुकबाट सुझाव दिएका छन् ।

धादिङ आगिञ्चोक गोलाङटार घर भएका नेता सिंखडा चुनावी अभियानमा त्रिपुरासुन्दरी गाउँपालिकामा क्रियाशिल थिए । वडा तहमा माओवादी केन्द्र नेपाली काँग्रेस र एमाले समान हैसिएतमा देखिए भने गाउँपालिकामा एमाले जित्यो भने प्रतिद्वन्दी काँग्रेस बन्दै माओवादी केन्द्रले तेश्रो पोजिसनलाई सुरक्षित बनायो ।

माओवादी केन्द्रको केन्द्रीय सचिवालय सदस्य पुष्पविक्रम मल्ल, पोलिट ब्यूरो सदस्य जगत सिंखडा, जिल्ला उपाध्यक्ष रामबहादुर भण्डारी, जनयुद्धका जनमुक्ति सेनाका कमाण्डरहरु रहेको यस गाउँपालिकामा माओवादी केन्द्र पराजय सँगै सिंखडाले पार्टी बनाउने हो भने मेरो सुझाव भनेर स्टाटस हालेका हुन् ।

पार्टीको पोलिटब्युरो सदस्य जो पार्टी भित्रको बैचारिक बहस सिधै पार्टी राख्ने सामथ्र्य राख्छ उसले सामाजिक संजाल प्रयोग गरेको प्रति आपत्ति जनाउनेहरु पनि छन् ।

यस्तो छ ?  सिंखडाले पोष्ट गरेको स्टाटस

पार्टी बनाउने हो भने मेरो सुझाव
१. जितेको हारेको सबै महानगर, नगर, गाउँपालिकाको वडासम्म सुष्म समीक्षा गर्नुपर्ने ।
२. विगतका झिनामसिना कुरामा नअल्झिएर सबै कुरालाई बिर्सिँदै आन्तरिक पार्टी एकतालाई मजबुत बनाउनुपर्ने ।
३. पुनः जनताको घरदैलोमा गएर धन्यवाद दिँदै चुनावअगाडि गरेका प्रतिवद्धताहरुअनुरुपको काम गर्न सुरु गर्नुपर्ने ।
४. तुरुन्त युवा, दलित, जनजाति,महिला,किसान, मजदुर र दराइ-कुमाललगायत जबस र मोर्चाको भेला/बैठक गरी संगठन बनाउनुपर्ने ।
५. मतदाता नामावलीमा नाम छुटेकाहरुको नाम समावेस गर्न लगाउनुपर्ने ।
६. जनताका विकास निर्माणका काममा पारदर्शिता, छिटोछरितो, सहज र सरल गर्ने कुरामा विशेष जोड गर्नुपर्ने ।
७. पुर्णकालीन साथीहरूलाई उत्पादन र संगठनको काममा संगैसंगै लैजाने योजना बनाउनुपर्ने ।
८. प्रत्येक गाउँ/नगरले एउटा मोडल कामको योजना बनाउनुपर्ने ।
९. जनतालाई अन्य पार्टीको नजरले हेर्न नहुने । भोट नहाल्नु हाम्रै आफ्नो कमजोरीका कारण हो सम्झँदै तदनुरुप व्यवहार गर्नुपर्ने ।
१०. हाम्रो पार्टीले गरेका काम र एजेन्डा जनतासम्म प्रभावकारी ढंगले लैजानुपर्ने ।