धादिङमा श्राद्ध खाएका ४१ जना विरामी, २१ जनाको गजुरीमा उपचार हुँदै

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ १०, २०७४

धादिङ जेष्ठ १० । धादिङको सिद्धलेक गाउँपालिका अन्तरगत कुम्पुर आदमटारमा श्राद्धमा बनेका परिकार खाँदा ४१ जना विरामी परेका छन् ।

छिमेकीको घरमा श्राद्ध खाएका ४१ जना विरामी भएको र २१ जनालाई गजुरी अस्पतालमा र अरुलाई उपचारको लागि काठमाडौ लगिएको प्रहरीले बताएको छ ।

मंगलबार दिउँसो श्राद्धमा बनेका परिकारहरु खाएकाहरुलाई बेलुकाबाट झाडापखाला लागेकोले फुड पोइजन हुन सक्ने बताइएको छ । झाडापखाला नरोकिए पछि बिरामीको अवस्था हेरी गजुरी अस्पताल र काठमाडौ पुर्याइएको गजुरीबाट रोस्मित अधिकारीले धादिङपोष्टलाई बताउनु भयो ।

बिरामीहरुको अवस्था सुधार हुँदै आएकोले डराइहाल्नु पर्ने अवस्था नरहेको इलाका प्रहरी कार्यालय गजुरीले बताएको छ ।