धादिङ जेष्ठ १० । जिल्ला कृषि विकास कार्यालयको समन्वयमा नेपाल सरकार कृषि विकास मन्त्रालय तथा व्यवस्थापन इकाइ पुजा प्रतिष्ठानले किसानलाई मोबाइल र सिमकार्ड निःशुल्क वितरण गरेको छ ।
मंगलबार धादिङबेसी स्थित उद्योग वाणिज्य संघको हलमा एक कार्यक्रम गर्दै जिल्लाका कृषि समुहहरुलाई कृषि व्यवस्थापन सुचना प्रणाली सामग्री उपकरण वितरण कार्यक्रम अन्तरगत मोवाइल र जलवायु नाप्ने यन्त्र वितरण गरिएको हो ।
तरकारी फलफूल तथा पशुपन्छीमा देखिने असरको बारेमा जानकारी लिन र त्यसको न्युनीकरण गर्न सजिलो हुने भएकोले कृषक समुहलाई मोवाइल तथा उपकरण वितरण गरिएको बताइएको थियो ।
उपकरणको प्रयोग मार्फत् देखिएको समस्यालाई कल सेन्टर मार्फत् जानकारी गराई त्यसको न्युनीकरण गर्न सजिलो होस भन्ने उदेश्यले उपकरण वितरण गरिएको कृषि विकास कार्यालय धादिङका प्रमुख केशव देवकोटाले बताउनु भयो ।