सम्झौता विपरित म्यादी प्रहरी चोकचोकमा

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ १०, २०७४

धादिङ जेष्ठ १० । निर्वाचान सम्पन्न गर्नका लागि भर्ना गरिएका म्यादि प्रहरीलाई नेपाल प्रहरीले संझौता विपरित काममा खटाएको पाइएको छ ।

निर्वाचन सकेर मत परिणाम सार्वजनिक भई निर्वाचित प्रतिनीधिहरुले पदभार पनि ग्रहण गरिसके तर म्यादी प्रहरीलाई अझै संझौता विपरित नेपाल प्रहरीले काम लगाई रहेको पाईएको हो ।

निर्वाचन प्रयोजनको लागि भर्ती गरिएका म्यादी प्रहरीलाई अहिले धादिङबेसी सदरमुकामा बजारका चोक-चोकमा तैनाथ गरिन्छ । तलव बुझेर घर जानु पर्ने बेलामा नेपाल प्रहरीका जवान जस्तो दैनिक डियूटीमा हुन्छन् म्यादी प्रहरी होटलको बास अनि डिउटी प्रहरीको, हामी अन्यायमा पर्यौ राज्यले के गरेको होला बोल्दिने को ? चोक चोकमा गुनासो गर्दछन् उनीहरु ।

जिल्ला प्रहरी कार्यालयमा हामी म्यानी प्रहरीलाई अनावश्यक परिचान र दुख किन दिएको भनेर जिज्ञासा राख्दा संझौता बमोजिम नै काममा लगाईएको जवाफ आयो । प्रहरीका अनुसार चैत्र २५ गते संझौता गरिएको हो उनीहरुले ५५ दिन काम गर्नुपर्छ त्यहि अनुरुप परिचान गरिएको हो ।

यहि प्रश्न हामीले जिल्ला निर्वाचन कार्यलयका प्रमुख सँग राख्दा म्यादी प्रहरीको भर्ना सम्झौताको जिम्म प्रहरीको हो, कति समयको लागि हो प्रहरी सँग बुझन आग्रह गरे । अब निर्वाचन प्रयोजन सकि सकेको छ अब हामीलाई म्यादीको आवश्यकता पर्दैन तर म्यादी प्रहरीलाई घर पठाउ हाम्ले भन्न मिल्दैन यस विषयमा प्रहरीलाई नै सोध्न उनले बताए ।

सामान्य नागरीकले समेत बुझ्ने कुरा म्यादी प्रहरी निर्वाचनको बेला बुथमा सुरक्षाको लागि भर्ना लिईएको हो चोकको सुरक्षा गर्न हैन । यस विषयमा नुवाकोटका संचार कर्मी रामहरी गजुरेलले पनि चिन्ता व्यक्त गरे प्रहरीले श्रम शोषण गरि रहेको छ ।

निर्वाचन प्रयोजन भन्दा बाहिर काममा लगाई प्रहरीले कानुन विपरित काम गरेको बताए । गजुरेलका अनुसार नुवाकोटमा पनि म्यादी प्रहरीलाई धादिङमा जस्तै संझौता विपरित काममा लगाईएको छ म्यादी प्रहरीले न पैसा पाएका छन् ।