धादिङ जेष्ठ ७ । नेपाली काँग्रेका नेता तथा ज्वालामुखि गाउँपालिकाका नव निर्वाचित अध्यक्ष विनोद तिमल्सिनाको टाउकोमा ७ टाँका लगाईएको छ भने ३ जनाको अवस्था अझै गम्भीर छ ।
विजयी जुलुस सकेर फर्कने क्रममा नवनिर्वाचित अध्यक्ष तिमल्सिना सहितको टोलीलाई ३ वटा फोर ह्वील गाडीमा आएका एमाले कार्यकर्ताहरुले आक्रमण गर्दा ७ जना घाइते भएको नेपाली काँग्रेस धादिङले बताएको छ ।
आक्रमणबाट अध्यक्ष तिमल्सिनाको टाउकोमा ७ टाँका लगाईएको छ भने घाईते बनाईएका जिल्ला कमिटि सदस्य नरेन्द्र भट्ट र दामोदर भट्टलाई जिल्ला अस्पताल धादिङमा प्राथमिक उपचार गरि बिर अस्पताल सारिएको नेपाली काँग्रेस धादिङले बताएको छ । ।
अवस्था झनै जटिल र गम्भीर भनेपछि थप उपचारको लागि आइतबार बिहान काठमाडौ स्थित ग्रीन सिटी अस्पताल छ ।
घटनाका दोसीहरुलाई तत्काल कार्वाहीको माग गर्दै नेपाली काँग्रेस धादिङ आज धादिङ बन्दको घोषणा गरेको छ ।