विजय जुलुस सकेर फकर्ने क्रममा ज्वलामुखि अध्यक्ष माथि आक्रमण ७ जना घाइते

Avatar photo
Dhadingpost
आइतवार, जेष्ठ ७, २०७४

धादिङ जेष्ठ ७ । नेपाली काँग्रेसबाट ज्वालामुखी गाउँपालिकाका नव निर्वाचित अध्यक्ष विनोद तिमल्सिना लगायतलाई कुटपिट हुँदा काँग्रेसका ७ जना नेता तथा कार्यकर्ता घाइते भएको छन् ।

शनिबार साँझ विजय जुलुसमा सहभागि भएका फर्कने क्रममा ज्वालामुखि गाउँपालिका अध्यक्ष विनोद तिमल्सिना लगायत काँग्रे एमाले कार्यकताएहरुले घेराहालेर साङ्घातिक आक्रमण गर्दा विनोद तिमल्सिना लगायत ७ जना घाइते भएको नेपाली काँग्रेस धादिङले जनाएको छ ।

घाइतेहरुलाई हिजो सँझ नै जिल्ला अस्पताल ल्याइएको थियो ।एमाले कार्यकर्ताको आक्रमणमा परि महासमिति सदस्य यमनाथ दनै जिल्ला समिति सदस्य नरेन्द्रभट्ट पनि घाइते छन् । निर्वाचित जनप्रतिनिधीलाई नै आक्रमण गर्ने एमाले कार्यकर्ताको हर्कतलाई धार्दिङ काँग्रेसले जंगली व्यवहार भनेको छ ।

घाइते घट्टलाई थप उपचारको लागि जिल्ला अस्पतालले काठमाडौ पठाएको छ भने अन्य घाइतेहरुको धादिङबेसी जिल्ला अस्पताल मै उपचार भै रेहेको छ ।

नेकपा एमाले ज्वालामुखिले भने घटना दुखद र दुर्भाग्य भएको बताएको छ , घटना हुने थिएन हामी पनि विजयजुलुस सकेर फकर्ने क्रमम थर्यौ काँग्रेस कार्यकर्ताहरुले वियरका वत्तलले हाम्रा कार्यकर्ता चढेको गाडीमा हाने पनि झडप हुन पुगेको एमलेले बताएको छ । नेकपा एमाले ज्वालामुखिले भने घटना दुखद र दुर्भाग्य भएको बताएको छ , घटना हुने थिएन हामी पनि विजय जुलुस सकेर फकर्ने क्रममा थिर्यौ काँग्रेस कार्यकर्ताहरुले वियरका वोत्तलले हाम्रा कार्यकर्ता चढेको गाडीमा हाने पनि झडप हुन पुगेको एमलेले बताएको छ ।

धादिङ ससदरमुकामबाट करिव १७ किलोमिटर टाढा भएको उक्त घटनास्थलमा तत्कालै शसस्त्र र नेपाल प्रहरी जिल्लाबाट घटनास्थल पुगेकोले थप क्षेति हुन पाएन ।