धादिङबेसीमा माओवादी केन्द्र नीलकण्ठको विजयी र्याली

Avatar photo
Dhadingpost
शनिबार, जेष्ठ ६, २०७४

धादिङबेसी जेष्ठ ६ । धादिङबेसी सदरमुकाम रहेको नीलकण्ठ नगरपालिकाको उपमेयर सहित ४ वडा जितेको माओवादी केन्द्रले आज धादिङबेसीमा विजयी जुलुस निकालेको छ ।

चर्को घामको कुनै प्रवाह नगरी धादिङबेसी सदरमुकाम आएका माओवादी केन्द्रका नेता कार्यकर्ता पार्टी शुभचिन्तकहरुको उक्त विजयी र्यालीमा उल्लेख्य सहभागिता रहेको थियो ।

नेपाली काँग्रेसलाई मेयरमा सहयोग गरेको माओवादी केन्द्र नीलकण्ठले उपमेयरमा माओवादी केन्द्रलाई काँग्रेसले सहयोग गरेको थियो । उपमेयर सहित नीलकण्ठ ११, १, २ र ५ वडाको प्रमुख जितेको छ । र्यालीमा उपमेर मनराज भण्डारी सहित विजयी वडा अध्यक्ष सदस्यहरु अग्रभागमा रहि बजार परिक्रमा गरेका थिए ।

उपमेर भण्डारीले चुनावकोबेला जनता सँग पार्टीले जारी गरेको प्रतिवद्धता पत्रमा उल्लेखि प्रतिवद्धता पुरा गर्ने बताउनु भएको थियो । भण्डारीले सम्मुनत नगर हाम्रो परिकल्पना हो त्यहि अनुसार काम गर्दछौ, आफ्नो अमुल्य मत दिई जिताउनु भएकोमा सम्पूर्ण मतदाताहरुलाई धन्यावाद दिनुभएको छ ।

उप मेयरमा भण्डारीले १०,३२३ मत मा साथ विजयी हुनुभएको थियो उहाँको प्रतिद्वन्दी एमालेकी गङगादेबि श्रेष्ठ ले ७,४४४ मत ल्याउनु भएको थियो ।