धादिङबेसीमा विजय जुलुस, अहिले सम्म कै ठुलो चारतारे झण्डा

Avatar photo
Dhadingpost
शनिबार, जेष्ठ ६, २०७४

धादिङबेसी जेष्ठ ६ । नेपाली काँग्रेस नीलकण्ठ नगरपालिकाले निकालेको विजय जुलुसमा धादिङमा अहिले सम्म कै ठुलो चारतारे झण्डा फहराइएको थियो ।

नीलकण्ठ नगरपालिकामा नेपाली काँग्रेसका नेता भिम ढुङ्गाना अत्याधीक मत ल्याई विजयी भए सँगै काँग्रेसले जिवय र्याली निकालेको थियो, उक्त र्यालीमा धादिङमा पहिलो पटक सबै भन्दा ठुलो चारतारे झण्डा फहराइएको हो ।

झण्डा कुन साइजको थियो, केहि नबताइएपनि नीलकण्ठको मेयर जितेको अवसरपारेर यो साइजको ठुलो चार तारे झण्डा यस अघि कहिल्यै नफराइएको नेपाली काँग्रेसका एक नेताले बताए ।

विजय र्यालीमाका क्रममा मेयर ढुङ्गानालाई बधाई थाप्न भ्याई नभ्याई भएको थियो भने धादिङबेसीको कालोपत्रे सडकमा ठाउँ ठाउँमा चुनाव चिन्ह र अविरले रंगिएको थियो ।

विजय जुलुसमा नेपाली काँग्रेसका सभापति रमेश धमला, पूर्व सभापति रामनाथ अधिकारी, शिवराज अधिकारी लगायत नेताहरुको समेत उपस्थिति रहेको थियो । भिम ढुङ्गानाले १३,१६६ मत ल्याई एमालेका अर्जुन श्रेष्ठ गोर्खालीलाई पराजित गर्नुभएको थियो । पराजित श्रेष्ठले जम्मा ६,६९० मत ल्याउनु भएको थियो ।