११ कक्षाकी कबिता बनिन् गाउँपालिका सदस्य

Avatar photo
Dhadingpost
शनिबार, जेष्ठ ६, २०७४

धादिङ जेष्ठ ६ । बीस वर्षपछि भएको स्थानीय तहको निर्वाचनमा गजुरी गाँउपालिकाबाट महिला सदस्य उम्मेदवार दिएकी कविता बराल विजयी हुन सफल भएकी छिन् ।

स्थानीय तहको निर्वाचनमा विजयी भएकी उनी कान्छी उमेदवार पनि हुन् । उनी निर्वाचनमा मनोनयन दर्ता गर्न गएको दिन २२ वर्ष १८ दिन पुगेकी थिइन् । यो निर्वाचनमा भाग लिन २१ वर्ष पुरा भएको हुनु पर्ने प्रावधान छ ।

बरालले यो निर्वाचनमा गजुरी गाँउपालिका–८ बाट ५०६ मत प्राप्त गरेर विजय भएकी हुन् । २०५२ साल वैशाख १ गणेश बराल र कृष्णकुमारी बरालकी जेठी छोरी कबिता बराल हाल ११ कक्षामा अध्ययनरत छिन् ।

किराञ्चोक माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययन गर्दै गरेकी बराल एमालेको तर्फबाट गजुरी गाँउपालिका ८ बाट महिला सदस्यमा उम्मेदवारी दिएकी थिइन् ।

गत वर्ष उनले गाँउकै सहदेव कुँवरसँग विवाह गरेकी थिइन् । बरालको माइती र घरपरिवार २०४७ सालदेखि नेकपा एमाले का शुभचिन्तक हुन् ।

स्थानीय तहको निर्वाचनमा विजयी भएकी उनी कान्छी उमेदवार पनि हुन् । उनी निर्वाचनमा मनोनयन दर्ता गर्न गएको दिन २२ वर्ष १८ दिन पुगेकी थिइन् । यो निर्वाचनमा भाग लिन २१ वर्ष पुरा भएको हुनु पर्ने प्रावधान छ ।

‘आफ्नो वडामा एमालेको तर्फबाट एक्लै विजयी भएकाले जिम्मेवारी धेरै छु, उनले भनिन्, निर्वाचनमा भोट माग्दा पार्टीले गरेको प्रतिवद्धता पुरा गर्नुपर्छ, त्यसको लागि भुमिका खेल्छु ।’

महिला दिदीबहिनीहरुको समस्यालाई पहिलो प्रथमिकतामा राखेर काम गर्ने उनले बताइन् । वडाको विकासका लागि वडाअध्यक्ष, गाउँपालिका अध्यक्ष-उपाध्यक्षसँग समन्वय गरेर काम गर्ने योजना उनले बनाएकी छन् ।

यसअघि ८६ वर्षीया चन्द्रमाया विक धादिङकै थाक्रे गाँउ पालिका वडा(५ बाट दलित महिला सदस्यमा विजय भएकी थिइन् । साभारः कारोबार दैनिक