नीलकण्ठ ४ र ७ मा काँग्रेस प्यानल सहित विजयी

Avatar photo
Dhadingpost
शुक्रबार, जेष्ठ ५, २०७४

धादिङबेसी जेष्ठ ५ । नेपाली काँग्रेसले आज लगातार २ जित हाँसिल गरेको छ । समग्र धादिङको स्थानीय तहको निर्वाचनको नतिजालाई उल्लेख्य उपलब्धी हुन नसकेको बताई रहेको काँग्रेसले आज एक पछि अर्को वर्डामा विजय हाँसिल गरेको छ ।

नीलकण्ठ ७ मा माओवादी केन्द्र धादिङका नेता दिपक विश्वकर्मालाई हराउँदै काँग्रेसका गौतमहरी अधिकारी विजयी भए सँगै ४ बाट पनि नेपाली काँग्रेसका शिवराज गिरी विजयी भएका छन् । शालिन र भद्र नेता मध्य पर्ने शिवराज गिरीले ६५१ मत ल्याई विजयी हुनुभएको हो ।

उहाँका प्रतिद्वन्दी नेकपा एमालेका हरि श्रेष्ठले ६२१ मत ल्याएका थिए । काँग्रेसले यी दुवै वडा अध्यक्ष सहित पुरै प्यानल जितेको छ ।

नीलकण्ठ वडा ७ मा नेपाली काँग्रेसका गौतमहरी अधिकारी अधिकारीले ६४८ मत ल्याई माओवादी केन्द्रका दिपक विश्वकर्मा ६१० मै सिमित राखेका थिए । यसै गरी तेश्रो पोजिसनमा रहेको एमालेले ३७३ मत ल्याएको थियो ।