गत बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनको मत परिणाम यतिबेला धमाधम आई रहेका छन । देशको ३४ जिल्लामा भएको पहिलो चरणको निर्वाचन अन्र्तगत धादिङमा पनि स्थानीय तह निर्वाचनको मतणना कार्य अन्तिम चरणमा पुगेको छ । मत परिणाम सार्वजनि हुने क्रममा प्राप्त पछिल्लो परिणाम अनुसार धादिङको नीलकण्ठ वडा नं. २ मा माओवादी केन्द्रको प्यानले नै विजयी हासिल गरेको छ ।
माओवादी केन्द्रका ध्वजबहादुर गुरुङ वडा अध्यक्ष पदमा विजयी भएका छन । महिला सदस्यमा सरला सामरी दलित महिला सदस्यमा निरमाँया मिजार र खुल्ला सदस्यहरुमा भीमराज गुरुङ र ज्ञान बहादुर मगर विजयी भएका छन ।विजयी गुरुङले ७०८ मत प्राप्त गरेका थिए भने उहाँको निकटतम प्रतिस्पर्धी एमालेका जीतलाल गुरुङले ५७३ मत प्राप्त गरेका थिए ।
सदरमुकाम धादिङबेसी नजिकै पर्ने नीलकण्ठ २ जनयुद्धको समयमा पनि माओवादीको आधार क्षेत्रको रुपमा लिने गरिन्थ्यो । यस क्षेत्रलाई सबैले चासोका साथ हेरिएको थियो ।माओवादी केन्द्रका ध्वज बहादुर गुरुङको विजयीसँगै वडा नं. २ को विभिन्न गाउँहरुमा आज बिहानै देखि माओवादी केन्द्रले विजयी ¥याली निकालेका छन । विजयी गुरुङको गाउँ भुलभुलेमा पनि विजयी जुलुशले गाउ परिक्रमा गर्ने तयारी गरेका छन ।
धादिङको नीलकण्ठ नगरपालिकामा यतिबेला सबै धादिङवासीको लागि चासोको विषय बनेका छन कस्ले जित्ला मेयल पद ? जहाँ नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच तालमेल भएर चुनावी मैदानमा उत्रिएका छन । संयुक्त प्यानलवाट मेयरमा भीम प्रसाद ढुङगानाले नेकपा एमालेका मेयर पदका उमेद्धार अजर्नु कुमार श्रेष्ठ गोर्खालीलाई सुरु देखि नै अग्रता लिदै मतान्तर फराकिलो बनाउदै लगेका छन । हाल सम्म प्राप्त परिणाम अनुसार भीम प्रसाद ढुङगानाले ७ हजार २ सय ७४ मत ल्याई अग्रतालाई कायम राखेका छन भने । नेकपा एमालेका उमेद्धार ३ हजार ६ सय ७३ मत प्राप्त गरेका छन ।
भीम ढुङगाना हालसम्म ३६०० मतले अगाडि रहेका छन । त्यसैगरी उपमेयरमा पनि नेकपा एमाले भन्दा माओवादी केन्द्र अगाडि रहेको छ । माओेवादी केन्द्रका उपमेयर पदका उमेद्धार मनराज भण्डारी शैलेश ६ हजार १ सय ३१ मतको साथ अगाडि रहेका छन भने नेकपा एमालेका गंगादेवी श्रेष्ठ ३ हजार ७ सय ७५ मतका साथ पछ्याई रहेका छन ।नीलकण्ठ नगरपालिकामा हालसम्म १,२,५,६,९,१०,११,१३ र १४ मतगणना कार्य सम्पन्न भईसकेका छन ।
यसै गरि गजुरी गाउँपालिकाको वडा नं ७ मा नेकपा एमालेका केशव अधिकारी ४५४ मत ल्याएर विजयी भएका छन् अब वडा नं. ८ गणना जारी छ ।