धादिङ जेष्ठ ४ । धादिङको बेनिघाट रोराङ माओवादी केन्द्रका उम्मेदवार पित्तबहादुर डल्लाकोटी (हरी) गाउँपालिका प्रमुखमा विजयी भएका छन् ।
धादिङ वडाहरुमा सम्मान जनक विजय हाँसिल गरि रहेको माओवादी केन्द्रले गाउँपालिकामा विजय हुन नसकि रहेको बेला डल्लाकोटीले १ हजार भन्दा माथि मतको अन्तरमा एमालेका गिरिराज कडेललाई पराजित गर्दै विजयी भएको बताइएको छ ।
यस सँगै धादिङमा एमाले ६ नेपाली काँग्रेस २ माओवादी केन्द्र १ र राप्रपा १ गाउँपालिकामा विजयी भएका छन् ।
अब नीलकण्ठ नगरपालिका गजुरी र त्रिपुरा सुन्दरी को नगिजा आउन बाँकी रहेको छ ।
नतिजा
पालिका प्रमुखमा विजयी माओवादी केन्द्र हरि डल्लाकोटी — ६४१० मत
प्रतिद्वन्दी एमाले प्रमुख गिरीराज कँडेल — ५२५५ मत
पालिका उप प्रमुखमा विजयी नेपाली काँग्रेस देवीलाल सिलवाल — ५३०२ मत
प्रतिद्वन्दी एमाले उप प्रमुख मायादेवी शर्मा — ५२७७ मत