अहिले सम्म धादिङकोको अन्तिम नतिजा: एमाले ५, काँग्रेस ३, राप्रपा १

Avatar photo
Dhadingpost
बिहिबार, जेष्ठ ४, २०७४

धादिङ जेष्ठ ४ । धादिङमा गाउँपालिकाको नतिजा आउने क्रम जारी छ । अहिले सम्म एमालेले १ नगरपालिका र ४ गाउँपालिका, काँग्रेसले ३ गाउँपालिका र राप्रपा १ गाउँपालिकामा विजय भएका छन् ।

जिल्लामा आफ्नो उपस्थिति राम्रो रहेको बताउने माओवादी केन्द्र भने अहिले सम्म वडामा मात्र सिमित भएको छ । माओवादी केन्द्रका उम्मेदवार हरि डल्लाकोटी बेनीघाट रोराङमा भने अहिले सम्म ८०० मत अग्र पंतीमा छन् अब बेनीघाट रोराङको १० नम्बर वडा गन्न बाँकी छ । यस्तै नीलकण्ठ नगरपालिकामा नेपाली काँग्रेस मेरका उम्मेदवार भिम ढुङगाना भारि मतले अगाडी छन् ।

यस्तो छ विजय नतिजा

नेकपा एमाले
१. सिद्धलेक गाउँपालिका प्रेमनाथ सिलवाल
२. धुनिबेसी नगरपालिका बालकृष्ण आचार्य
३. गंगाजमुना गाउँपालिका बलबहादुर अधिकारी
४. नेत्रावती गाउँपालिका दुर्गा कुमार शाक्य
५. थाँक्रे गाउँपालिका रामकुमार आचार्य

नेपाली काँग्रेस
१. खनियाबास गाउँपालिका रणबहादुर तामाङ
२. ज्वालामुखि गाउँपालिका विनोद तिमल्सिना
३.

राप्रपा
रुबीभ्याली गाउँपालिका चेरोङ तामाङ