ज्वालामुखि गाउँपालिकामा २८ मतले नेपाली काँग्रेस विजयी

Avatar photo
Dhadingpost
बिहिबार, जेष्ठ ४, २०७४

धादिङ जेष्ठ ४ । धादिङको मध्य क्षेत्रमा पर्ने ज्वालामुखि गाउँपालिकामा नेपाली काँग्रेस र माओवादी केन्द्रको प्यानलका विनोद तिमल्सिना विजय हुनु भएको छ । नेकपा एमालेको पकट क्षेत्रको रुपमा चिनिदै आएको यस पालिकामा काँग्रेस माओवादी केन्द्रले तालमेल गरि प्रमुख पदको लागि नेपाली काँग्रेका विनोद तिमल्सेनालाई उठाए सँगै तिमल्सिना २८ मतले एमालेका राम प्रसाद अधिकारीलाई पराजित गदै विजयी हुनु भएको हो ।

निकै कडा प्रतिस्पर्धा रहेको यस ज्वालामुखिमा २९५४ मत पाएका तिमल्सिनालाई पछ्याएका रामप्रसाद अधिकारी २९२६ मतमा मात्र सिमित हुनुपरेको थियो ।

नेकपा एमालेका संसद गुरु बुर्लाकोटी, पूर्व जिविस सभापति खेम लोहनी, खेम पाठक, स्वयम् राम प्रसाद अधिकारी जस्ता चर्चित नेताहरु रहेपनि अन्ततः तलमेल गर्दै विनोद तिमल्सिनाले विजयी चुम्न सफल हुनु भएको छ । तिमल्सिनालाई माओवादी केन्द्रको प्रमुख उम्मेदवार लक्ष्मी थापा मगरले सहयोग गर्दै उम्मेदवारी फिर्ता लिनु भएको थियो । तर तालमेल गरि माओवादी केन्द्रले पाएको उप प्रमुख भने हारेको छ । उपप्रमुखमा एमालेबाट जानुका सिंखडा विजयी हुनुभएको छ ।

खनियाँबास गाउँपालिका र ज्वालामुखि गरि अहिले सम्मे नेपाली काँग्रेले २ गाउँपालिमा विजय हासिल गरि सकेको छ भने नीलकण्ठमा भारि मतका साथ नेपाली काँग्रेसका भिम ढुङ्गाना अगाडी छन् ।

को हुन् ? जलामुखिको प्रमुख पदमा विजयी वासु तिमल्सिना

बराहकालीका माविबाट नेविसंघको राजनीति सुरु गुर्न भएका विनोद तिमल्सेना माविमा सचिव, उमावि आरआर क्याम्पसमा उपाध्यक्ष हुँदै वि.सं २०५० सालमा नेविसंघ धादिङ जिल्ला कार्यसमिति सदस्य हुनुहुन्थ्यो ।

२०५८ सालमा नेपाल तरुण दल धादिङको सचिव हुनु भएको उहाँ वि.सं.२०५९ मा तरुण दल धादिङको अध्यक्ष हुनुहुन्थ्यो । उहाँले दुई कार्यकाल बलियो नेतृत्व गर्नु भयो ।

वि।सं २०६२ सालमा नेपाली कांग्रेस धादिङ क्षेत्र नं २ को सभापति हुनु भएका उहाँले दुई कार्यकाल आफ्नो सफल नेतृत्व प्रदर्शन गर्नु भयो । यस्ता जुझारु नेता, लोकतान्त्रिक योध्दा वि.सं.२०७२ को १३ औं जिल्ला अधिवेशन पछि नेपाली कांग्रेस धादिङको सचिव समेत हुनुभए भएका तिमल्सिना त्यागि र विकास प्रेमी नेताका रुपमा परिचित छन् ।