धादिङ जेष्ठ ३ । उत्तरी धादिङको रुबी भ्याली राप्रपाले विजय चुमेको छ । राप्रपाका चेरुङ तामाङले १४ सय ८४ मत र विना लामाले १४ सय ९ मत ल्याउदै प्रमुख र उपप्रमुख जित्दै राप्रपालाई विजयी बनाएका हुन् ।
प्रतिस्पर्धी माओवादी केन्द्रका रामसिं तामाङले ९ सय ५३ मत र अमृता तामाङले ९ सय ७२ मत ल्याएका थिए
वडा तर्फ १ र २ मा नेकपा एमाले मिन घले र पेम्वा घले विजयी भएका थिए भने ३, ४ र ६ मा राप्रपाका कामीलामा तामाङ, प्रशान्त तामाङ र नरमान गुरुङ विजयी भएका थिए ।
जनयुद्धको उद्गम गाउँ वडा ५ लापा मा भने नेकपा माओवादी केन्द्रका उम्मेद्वार धिरज तामाङ विजयी थिए ।