धादिङमा ५ पालिकाको नतिजा आयो, ३ एमाले, १ काँग्रेस, १ राप्रपा विजयी

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ ३, २०७४

धादिङ जेष्ठ ३ । धादिङ जिल्लाको ५ पालिकाको चुनावी नतिजा बाहिर आएको छ । अहिले सम्मको नतिजा अनुसार एमाले ३ वटा पालिकामा विजय भएको छ भने नेपाली काँग्रेस १ पालिका र राप्रपा १ पालिकामा विजय भएको छ ।
सिद्धलेखबाट खाता खोलेको एमालेले धुनीबेसी नगरपालिका र नेत्रावती गाउँपालिकामा जित हासिल गरेको छ भने नेपाली काँग्रेसले खनियाँबास गाउँपालिका र रुबीभ्यालीमा राप्रपा विजय भएको छ । माओवादी केन्द्रले भने नेत्रावतीमा उप प्रमुख जितेको छ ।

धादिङमा विजयी
सिद्दलेक प्रेमनाथ सिलवाल र कमला शर्मा (एमाले)
धुनिवेशी बालकृष्ण आचार्य र निरु खरेल (एमाले)
नेत्रावती नारायण शाक्य (एमाले), उर्मिला तामाङ माओवादी केन्द्र
खनियावास रण बहादुर तामाङ र योमाया तामाङ काङ्ग्रेस
रुबीभ्याली चेरुङ तामाङ र विना लामा राप्रपा