प्रचण्डको धरातलमा ओलि र देउवाको विजय उत्सव

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ ३, २०७४

प्रचण्डले बनाएको धरातलमा टेकेर आज के पि ओलि र शेर बहादुर देउबाका भक्तहरु विजय उत्सव मनार्इ रहेछन ।

प्रचण्डका विरोधी त भैहाले तर हिजो उनकै आदेशमा बन्दुक बोकेर प्रचण्डपथ जिन्दावादको नारा लगाउनेहरु पनि अनेकौ टुक्रामा विभाजित भएर बिना कुनै लज्जा उनै प्रचण्डको खेदो खनिरहेका छन् । तर आफ्नो निर्णयमा दृढ रहि एकल प्रयासमा दुई दशकसम्म हुन नसकेको चुनाब गराइ केन्द्रको अधिकार गाउँ, नगर सम्म पुर्याएर प्रचण्डले जुन सफलता हासिल गरेका छन् त्यो सफलता शायदै अरुले गर्न सक्लान् ? यहाँसम्म कि खोक्रो राष्ट्रवाद बोकेर लोकपृय बनेका के पि ओलिमा समेत यो क्षमता छैन ।

यी तथ्यहरु जनतामाझ लैजान नसक्नु र पदको लोभमा टुक्राटुक्रामा विभाजित हुनु नै माओवादीको हारको मुख्य कारण हो। अझै पनि प्रचण्डको दृढता, बैध्यको बिचार, बाबुरामको बौद्धिकता र बिप्लबको जोश एकैठाँउमा समाहित भएर अगाडी बढ्ने हो भने माओवादीलाई हराउने क्षमता कुनै पार्टी सङ्ग छैन ।

यदि हैन अहिलेकै अबस्थामा एउटाले अर्कोलाइ सिध्याउने खेलमा लागिरहने हो भने एकदिन अबश्य सबैको अस्तित्व मेटिनेछ अनि माओबादी भनेको इतिहासको पानामा मात्र सिमित रहनेछ। त्यसैले एकताको अपरिहार्यताको महसुस कार्यकर्ताहरु देखि लिएर नेतृत्व तह सम्म हुनु जरुरी छ ।

दिप किरण क्षेत्री (किरण सिटौला)
पुर्ब जनमुक्ति सेना नेपाल