एमालेको लाल किल्ला बन्यो सिद्धलेक, प्रेमनाथ सिलवाल विजयी

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ ३, २०७४

धादिङ जेष्ठ ३ । नेकपा एमालेले सिद्धलेक गाउँपालिकामा विजय हासिल गर्दै एमाले मय बनाएको छ । नेकपा एमालेको विगतको साखलाई निरन्तरता दिँदै सिद्धलेकलाई एमालेको लालकिल्ला बनाउन सफलभएको हो ।

लामो समयदेखि एमाले नलाङको नेतृत्व गर्दै आउनु भएका प्रेमनाथ सिलवालले गाउँपालिका प्रमुख जिते सँगै विजय जुलुस निकाल्न सुरुभएको छ । नेकपा एमाले भित्रका शानिल र निस्वार्थी नेताका रुपमा परिचित सिलवालले नेपाली काँगेसका बद्री अर्याललाई भारि मतले हराउनु भएको थियो । नेकपा एमालेको इलाका संयोजकको रुपमा काम गर्दै आउनु सिलवाल, गाउँपालिकाको संरचना अनुसार नेकपा एमाले सिद्धलेक गाउँपालिकाको संयोजक समेत हुनुहुन्छ ।

अलि खरो स्वभावका सिलवाल जिल्ला अस्पताल धादिङ व्यवस्थापन समितिको अध्यक्ष, विद्यालय व्यवस्थापन समिति अध्यक्ष जस्ता सामाजिक भुमिका समेत निर्वाह गरि सकेका छन् ।

प्रेम सिलवाल धादिङको राजनीतिक आन्दोलनमा स्थापित नाम हो । उनले जिते सँगै सिद्धलेकको मुहार फेरिने आँकलन गर्नेहरु धेरै छन्, चुनौतिहरुलाई सहजै स्वीकार गर्न सक्ने सिलवाललाई अधिकाँस वडाहरु एमालेले नै जितेकाले काम गर्न भने निकै सजिलो बनेको छ ।

सिद्धलेक गाउँपालिकाका वडाहरुमा १ मा चन्द्र सिलवाल, २ मा कमल गुरुङ ३ बाट देब पुलामि, ४ रामहरि बाराकोटी, ६ मा टिका थापालिय ७ मा लक्ष्मण खतिवडा विजय भएका छन् । वडा ५ मा चाहि नेपाली काँग्रेसले जितेको थियो ।

अध्यक्ष पदमा विजयी हुनुभएका सिलवालले ५६०७ मत ल्याउनु भएको छ भने उहाँका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका बद्रि अर्यालले ३८६२ र अर्का प्रत्याशि नेकपा माओवादी केन्द्रका पुष्प थपलियाले २०७० मत पाएका छन । यसै गरी उपाध्यक्षमा एमालेलाई ५५४४,कांग्रेसलाई ३८६२ र माओवादीलाई १८१९ मत आएको सिद्धलेक स्थित  निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।