धादिङ जेष्ठ २ । सिद्धलेक गाउँपालिका वडा १ र २ अन्तरगत पर्ने नलाङ गाविसलाई नेकपा एमालेले आफ्नो लाल किल्लाको रुपमा परिचित बनाएको छ ।
साविकको नलाङ गाविसलाई अहिले २ वटा वडामा विभाजित छ, यी दुबै वडा एमाले मय बन्दै एमालेले भारी मतका साथ विजयी भएपछि खुसियालीमा विजय उत्सव मनाइएको हो ।
वडा नं. १ मा चन्द्र सिलवाल ८९२ मत का साथ र वडा २ मा एमालेका भद्र शालिन किसान नेता कमल गुरुङले १,०८२ मतका साथ अत्याधिक मतका साथ विजयी बनेका थिए ।
विगतको भन्दा राम्रो नतिजा निकालेको नेकपा एमालेले नलाङले विजय उम्मेदवारहरुलाई फुल अबिरले बधाइ दिएका थिए । सिद्धलेक गाउँपालिका अध्यक्षमा नलाङबाटै प्रेम नाथ सिलवालले उम्मेदवारी दिनु भएको छ अहिले कै रेसियोमा मत खसेको हो भने सिलवाल गाउँपालिका अध्यक्षको विजय नजिक रहेका छन् ।
सलाङ र कुम्पुरमा पनि एमालेको राम्रै संगठन भएकाले सिलवलले जित्नेमा नेकपा एमाले सिद्धलेक ढुक्क रहेको बताइएको छ ।