धादिङ जेष्ठ १ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ६ आगिन्चोक छापथोकमा बस्ने एक महिलाको बत्ती चार्ज गर्दा करेन्ट लागेर मृत्यू भएको छ ।
चिसो हातले बत्ती चार्ज गर्न लाग्दा छापथोकमा निवासी विनिता शाहको करेन्ट लाग्दा घटना स्थल मै मृत्यु भएको हो ।
भाँडा माझेर सक्ने वितिकै चिसो हातले लाईट चार्ज गर्न जाँदा करेन्ट लागेर उनको मृत्यु भएको प्हरीले बताएको छ । ४० वर्षिय शाहलाई लाईट हातमै टाँसिएको अवस्थामा उनको छोराले देखेको स्थानिय विनोद भण्डारीले जानकारी दिनुभयो ।