धादिङमा मत परिणाम आउने क्रम जारी…

Avatar photo
Dhadingpost
सोमवार, जेष्ठ १, २०७४

धादिङ, जेष्ठ १ । धादिङका अधिकाँश पालिकाहरुमा मतगणना सुरुभएको छ । पहिलो परिणम नेत्रावती १ को आएको थियो । जसमा माओवादी केन्द्रले वडा प्रमुख सहित प्यानल नै जितेको थियो । यसैगरि दाश्रोमा थाँक्रे गाउँपालिका १ को नतिजा सार्वजनिक भएको थियो । उक्त वडा नेपाली काँग्रेसका उम्मेदवारहरुले जितेका थिए ।

अहिले पछिल्लो मत परिणाम बेनिघाट रोराङ गाउँपालिकाको आएको छ । यस गाउँपालिकाको वडा १ मा पनि माओवादी केन्द्रले विजय हासिल गरेको छ । माओवादी केन्द्रका उम्मेदवार नन्दु तामाङ २ सय ९२ मत ल्याई विजयी भएका विजयी भएका हुन् ।

उनको निकटतम प्रतिद्धन्द्धि नेपाली काँग्रेसका उम्मेदवार जीवनकुमार तामाङले २ सय ७६ मत ल्याए भने नेकपा एमालेका उम्मेदवार हिरालाल तामाङले २ सय ३९ मत ल्याए थिए ।