धादिङबेसी जेष्ठ १ । धादिङ जिल्लाका विभिन्न १३ पालिकामा सामान्य छिटफुट घटना बाहेक शान्तिपूर्ण रुपमा मतदान आइतबार सकिएको थियो ।
सबै मतपेटिकाहरु पालिका केन्द्रमा आइ नपुगेकोले कतिपय गाउँपालिकाका मतगणना हुन नसेकेको र कतिपय पालिकामा सर्वदलिय वैठक बस्न नसकेकोले मतगणना हुन सकेको छैन भने कतिपय पालिकामा गणना सुरु भएको छ ।
स्थानीय तह निर्वाचनमा आईतबार भएको निर्वाचनमा धादिङ जिल्लामा १ लाख ५४ हजार ३ सय ७४ जनाले मतदान गरेका छन् ।
२ नगरपालिका र ११ वटा गाउँपालिका सहित १३ वटा स्थानीय तह रहेको धादिङ जिल्लामा २ लाख ६ हजार २ मतदाता रहेका छन् । कुल मतको ७४.९३ प्रतिशत मत खसेको बताइएको छ ।