सुक तामाङ
रुबीभ्याली, बैशाख ३१ । उत्तरी धादिङको हिमाली क्षेत्रमा फैलिएको रुबीभ्याली गाउँपालिकामा ७४ प्रतिशद मत खसेको छ । ४ हजार ३६१ मत खसे सँगै रुबीभ्यालीबाट ७४ प्रतिशद मत खसेको हो ।
सुरक्षाको दृष्टिकोणले सम्वेदनशिल गाउँपालिकाको सुचिमा परेको मतदान शान्तिपूर्ण र निश्पक्ष रुपमा भएको माओवादी केन्द्र रुबी भ्यालिका नेता तथा केन्द्रिय महादिवेशन आयोजक समिति सदस्य मिम्बा तामाङले बताउनु भयो ।
लापा, तिप्लिङ र सर्तुङ साविकका गाविस मिलेर बनेको रुबीभ्यालीको मतदान सम्पन्न गरि गणनाको लागि मत पेटिकाहरु संकलन हुन थालेको समेत तामाङबताउनु भयो ।