नीलकण्ठ ७ कर्णेश्वरमा ८०.४२ प्रतिशत मत खस्यो, मधुवनको वुथ लुटियो -एमाले

Avatar photo
Dhadingpost
आइतवार, बैशाख ३१, २०७४

धादिङ बैशाख ३१ । धादिङबेसी सदरमुकाम र आसपास क्षेत्र फैलिएको नीलकण्ठ नगरपालिका वडा ७ कर्णेश्वर केन्द्रमा ८०.४२ प्रतिशत मत खसेको छ ।

जम्मा २१८७ मतदाता भएको नीलकण्ठ नगरपालिका वडा न ७ कर्णेश्वर केन्द्रमा जम्मा १७६९ मत अर्थात् ८०.४२ प्रतिशत मत खसेको हो ।

यता नीलकण्ठ वडा १३ स्थित मधुवनको बुथ लुटिएको एमालेका अर्जुन गोरखालीले बताउनु भएको छ ।

एमालेलेको तर्फबाट नीलकण्ठ नगरपालिकाको मेयरपदका उम्मेदवार अर्जुन गोरखालीले मधुवनको बुथ लुटियो हामीले १२ वजे नै मतदान स्थगनको माग राखेका छौ, उक्त मतदान केन्द्रमा म आफै गएको थिँए मैले सबै भिडियो गरेर ल्याएको छु भन्नु भयो । नेपाली काँग्रेस माओवादी केन्द्र मिलेर बुथ लुटिएको भन्दै एमाले र राप्रपाले मतदान पुन गराउनु पर्ने माग गरेका छन् ।

यस विषयमा आपत्ती जनाउँदै नेपाली काँग्रेका सभापति रमेश धमलाले कुनै अमर्यादित गतिविधि नै भएको छैन् । लुटिएको निराधार आरोप नगाउन पाइन्न मतदाताले मतदान गरेका छन् स्थगित हुन्न ।

यस्तै माओवादी केन्द्रका मेयरपदका उपाध्यक्ष मनराज भण्डारीले पनि एमाले र राप्रपाले मतदान प्रक्रियामा अवैधानिक देख्नु गलत भएको बताउनु भयो । त्यत्रो सुरक्षा संयन्त्र छ त्यसमा पनि नगरपालिका को कुनै बुथ लुटिएको गलत हल्ला चलाउनु यथार्त परक नभएको बताउनु भयो ।