धादिङको १ वुथ बाहेक सबै पालिकामा शान्तिपूर्ण

Avatar photo
Dhadingpost
आइतवार, बैशाख ३१, २०७४

धादिङबेसी बैशाख ३१ । धादिङको १३ स्थानिय पालिकामा शान्तिपूर्ण रुपमा मतदान प्रक्रिया जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
अहिले सम्म शान्तिपूर्ण रुपमा अधिकाँश पालिकामा ८० प्रतिशद मतहरु खसि सकेको समेत निर्वाचन कार्यालयले जानकारी दिएको हो ।

खनियाँबास, रुबी भ्याली, त्रिपुरा सुन्दरी गाउँपालिकामा निार्वचन प्रक्रियामा केहि असामान्य वन्न सक्ने आकलन गरिए पनि मतदान प्रक्रिया शान्तिपूर्ण बनेको खनियाँबास बाट अमृत तामाङले बताउनु भयो ।

यस्तै ज्वालामुखि ४ बाट प्रमोद भट्काका अनुसार यस वडामा ३ तीन हजार ०३२ मतदाता रहेको र अहिले सम्म २ हजार २५० मत खसी सक्यो ।


नलिकण्ठ नगरपालीका वडा ११ मा मतदान रोकिएको छ

माओवादी केन्द्रले धाँदली गरेको आरोप हित एमाले र काँग्रेसका उम्मेदवार मतदान स्थालबाट बाहिरिए पछि मतदान प्रक्रिया रोकिएको छ ।
कुन १५ सय मतदानात रहेको यस मन्जुश्री मावि बुथमा १ हजार ४० मत खसि सकेपछि काँग्रेस र एमालेका उम्मेदवार माओवादी केन्द्रले धाँदली गरेको भन्दै मतदान केन्द्रबाट बहिरिएपछि मतदान प्रक्रिय रोकिएको हो ।

मतदान सुचारु गर्न सर्वदलिय वैठक जारी छ, वैठकमा काँग्रेस र एमाले चुनाव स्थगितको माग गरेको तर मतदान अधिर्कत मतदान स्थगित नहुने बताइ रहेको अवस्था रहेको हाम्रा प्रतिनीधिले बताए ।