धादिङबेसी बैशाख ३१ । माओवादी केन्द्रले नलिकण्ठ नगरपालीका वडा ११ मा धाँदली गरेको आरोप लगाउँदै एमाले र काँग्रेसका उम्मेदवार मतदान स्थालबाट बाहिरिए पछि मनजुश्रीको बुथमा चुनाव रोकिएको छ ।
कुन १५ सय मतदाता रहेको यस मन्जुश्री मावि बुथमा १ हजार ४० मत खसि सकेपछि काँग्रेस र एमालेका उम्मेदवार माओवादी केन्द्रले धाँदली गरेको भन्दै मतदान केन्द्रबाट बहिरिएपछि मतदान प्रक्रिय रोकिएको हो ।
मतदान सुचारु गर्न सर्वदलिय वैठक जारी छ, वैठकमा काँग्रेस र एमाले चुनाव स्थगितको माग गरेको तर मतदान अधिकृत मतदान स्थगित नहुने बताइ रहेको अवस्था रहेको हाम्रा प्रतिनीधिले बताए ।