मतदाता परिचय पत्रमा त्रुटी, नागरीकताको आधारमा पनि मतदान गर्न पाइने

Avatar photo
Dhadingpost
शनिबार, बैशाख ३०, २०७४

धादिङ् बैशाख ३० । निर्वाचन आयोगले बिहिबार देखि वितरण गरेको मतदाता परिचय पत्रमा त्रुटी देखिए पछि परिचय खुल्ने सरकारी कागजातका आधारमा पनि मतदान गर्न दिने निर्णय गरेको छ ।

मतदाता नामावलीमा नाम भएको तर, परिचयपत्रमा नाम फरक परेको, फोटो अर्काको परेको जसता त्रुटहिरु देखिएपछि निर्वाचन आयोगले परिचय खुल्ने राहदानी सवारीचालक ईजाजतपत्र, जग्गाधनी प्रमाण पुर्जा, सामजिक सुरक्षा कार्ड जस्ता फोटो भएको परिचयपत्र छ भने त्यसको आधारमा पनि मतदान गर्न पाउने निर्णय गरेको हो ।

विविसि सँग कुरा गर्दै आयोगका सचिव गोपीनाथ मैनालीले भनेका छन्, यदि नागरिकता, राहदानी सवारीचालक ईजाजतपत्र, जग्गाधनी प्रमाण पुर्जा, सामजिक सुरक्षा कार्ड जस्ता फोटो भएको परिचयपत्र छ भने त्यसको आधारमा पनि मतदिन पाउने भन्ने निर्णय गरेका छौं।’ तर मतदाता परिचय पत्रमा समस्या नभएकाहरूले भने त्यही प्रयोग गरेर मतदान गर्नु पर्नेछ ।