धादिङ बैशाख ३० । स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा धाङिको विभिन्न स्थानहरुमा शंकास्पद वस्तुहरु फेला परेका छन । बम हो या होइन पुष्टी नभए पनि शंकास्पद वस्तु फेला परेपछि स्थानीयहरु त्रसित बनेका छन ।
धादिङको महादेवेसी पुल, दश किलो, घाटबेसी, कालि दह लगायतका स्थानहरुमा शंकास्पद वस्तु भेटेपछि अहिले नेपाली सेनाको डिस्पोजल टोली खटिएका छन ।
विप्लव नेतृत्व नेकपा माओवादी पार्टीद्धारा आज आह्वान गरेको नेपाल बन्दको कारण धादिङको जनजीवन प्रभावित बनेका छन। स्थानीय तहको निर्वाचनको विरोधमा उक्त पार्टीले शनिवार आज नेपाल बन्दको आह्वान गरेको नेकपा माओवादीले जनाएको छ।
बन्दको कारण धादिङमा लामो तथा छोटो दुरीका सवारीसाधन कम मात्रामा चलेका छन । धादिङबेशीबाट पोखरा, नारायगढ, काठमाडौका लागि छुटने र धादिङबेशी भित्रिने कुनै पनि सवारी साधन चल्न सकेका छैनन् ।
बन्दको कारण आइतवार हुने स्थानीय तहको निर्वाचनमा भोट हाल्न आउने मतदाता बढि प्रभावित बनेका छन । धादिङ सहित ३४ जिल्लामा पहिलो चरणको निर्वाचन आइतवार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुदै छ ।