धादिङ बैशाख ३० । धादिङका प्रमुख जिल्ला अधिकारीले मतदान क्षेत्रमा मोबाइल फोन अफ नगरे तत्काल फोन कब्जामा लिई कार्वाही गरिने बताएका छन् ।
शुक्रबार जिल्ला प्रशासनको बैठक कक्षमा राजनीतिक दलका नेता तथा पत्रकार सँग कुरा गर्दै मतदान क्षेत्रमा कसैले पनि मोवाईल फोन प्रयोग गर्न पाइदैन यदि कसैले स्वीच अफ नगरेको पाइएमा कब्जा गरि कार्वाही गरिने बताउनु भएको हो ।
उहाँले कसैले पास नलिई सबारी साधन प्रयोग गरेमा कानुन बमोजिम कार्वाही कार्वाही हुने हुँदा कार्यान्वयनको लागि सहजिकरण गरिदिन दलका नेता तथा पत्रकारलाई आग्रह गर्नुभएको थियो । सवारी पास दिएर दुरुपायोग गरिएको पाइएमा पनि कडा कार्वाही गरिने उहाँले बताउनु भएको थियो ।
धादिङमा जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा कुल २ लाख ६ हजार २ जना मतदाता मध्ये १ लाख ३ हजार १ सय २४ पुरुष, १ लाख २ हजार ८ सय ७७ महिला र एक जना तेश्रोलिङ्गी छन् ।