स्कुलका हेड मास्टर एमालेको चुनावी कार्यक्रममा भोट माग्दै (भिडियो सहित)

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख २८, २०७४

धादिङ, बैशाख २८ । स्थानिय चुनाव दलहरुलाई मजैले लागेको धादिङका २ नगरपालिका सहित ११ गाउँपालिकामा । सबै अस्त्र प्रयोग गरेका छन्, धेरै थोरै मात्र, आचार संहिता उल्लंङ्घन भएकै छ ।

सबैभन्दा बढी एमालेले धादिङमा आचार संहिता बढी उल्लङ्घन गरेको पाइएको छ । एमालेमा सबैभन्दा बढी शिक्षकहरु प्रचार अभियानमा सरिक छन् । शिक्षकहरुलाई कुनै पनि दलको चुनावी प्रचार अभियानमा सरिक हुन आचार संहिताले दिँदैन तर दिन रात नभनि शिक्षकहरु चुनावी प्रचारमा हिडेको दृष्य धादिङपोष्टले प्राप्त गरेको छ ।

बेनीघाट रोराङ गाउँपालिका स्थित श्री शंखादेवी मावि मझिमटार जोगिमाराका प्राध्यानाध्यापक शिवहरि सिलवाल एमालेको हरेक चुनावी प्रचार अभियानमा सरिक हुँदै आएका छन् र एमालेलाई जिताउन अनुरोध गरी रहेका छन् ।

यस्तै एमाले निकट शिक्षक संगठनका जिल्ला अध्यक्ष सिंद्धलेक गाउँपालिका स्थित सिद्धेश्वर उच्च माविका शिक्षक वैकुन्ठ अर्याल पनि चुनावी सभामा भाषण गर्दै हिडि रहेका छन् ।
घाईते अशक्तलाई निर्वाचन सम्पन्न गर्न तोकी रहेको निर्वाचन आयोग र चुनावी प्रचारमा नलाग्न आचार संहिता जारी गर्दै एमालेको प्रचारमा हिडेका यी शिक्षकलाई न आयोगले न जिल्ला शिक्षा कार्यालयले देखेको छ ।
आचार संहिता उलङ्घन गर्ने कर्मचारीहरुले कसरी निश्पक्ष चुनाव गराउलान ? अहिले सबैतिर चासोको विषय बन्न थालेको छ ।

शिवहरि सिलवालले एमालेको प्रचार सभामा गरेको चुनावी भाषण

https://www.youtube.com/watch?time_continue=16&v=MfShLGsQj2k