एमाले थाक्रे गाउँपालिका ६ को चुनावी घोषणा पत्र सार्वजनिक

Avatar photo
Dhadingpost
बुधबार, बैशाख २७, २०७४

धादिङ बैशाख २७ गते । नेकपा एमाले थाक्रे गाउँपालिका वडा नं. ६ ले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।

घोषणा पत्रत्रको पहिलो बुदामा नै वडा अध्यक्षले गाउँ/वडापालिकाबाट पाउने कुनै पनि तलव भत्ता सुविधा आफ्नो व्यक्तिगत प्रयोजनका लागि खर्च नगरी वडा भरिका गरिव, असाहय तथा बृद्धबृद्धा र मुटु, मृगौला, क्यान्सर जस्ता खर्चिलो रोग लागेका विरामीको उपचारमा खर्च गर्ने गरी कोष निर्माण गर्ने बताइएको छ ।

यस्तै सेवाग्राही प्रति अत्यन्त जिम्मेवार, सक्षम तथा पारदर्शी कर्मचारी प्रशासनको निर्माण गर्न । शून्य भ्रष्टारको नीतिलाई कडाईका साथ पालना गराउने जनाइएको छ ।

सबै बस्तीमा सडक सञ्जालको विस्तार (रानीबारी–धैरेनी–बाहुनथान सडक, महादेवबेसी–रातमाटे सडक, फेदी–सेतिदेवी, फेदी केराबारी, लुईकिल–दशकिला र सेतिदेवी–हाप्सेचौर सडकलाई बाह्रै महिना सञ्चालन गर्न ढल, नाली, ग्याविन, ग्रावेल गर्न तथा साठीमुरे र देउराली (माटी खोला)मा कज–वे (पुल) निर्माण गर्ने समेत घोषणा पत्रमा जनाइएको छ ।

थाँक्रे गाउँपालिका वडा ६ द्वारा सार्वजनिक गरिएको घोषणा पत्रमा, पराजमार्ग (फेदी देखि महादेवबेसी पुलसम्म मुख्य सडकमै र सहायक मार्गको मुख्य चोकहरुमा ) सोलार सहितको सडक बत्ति र सिसि क्यामेरा जडान गरी सुरक्षाको पुर्ण प्रत्याभुत गर्न ।, बजारमा उत्पादन हुने फोहोरलाई निःशुल्क रुपमा फोहोर संकलन तथा व्यवस्थान गर्न, डम्पिङ साइड निर्माण, ढल व्यवस्थापन गर्न ।, रानीबारीको अमलडाँडामा एक सुविधा सम्पन्न खेल मैदान निर्माण गरी खेल प्रशिक्षण केन्द्रको रुपमा विकास गर्न ।, महादेवबेसी बजारमा सुविधा सम्पन्न एक कभर्डहल निर्माण गर्न । सुन्दर बजारको रुपमा विकास गर्न मुख्य सडकहरुका विजुली, टेलिफोन, ईन्टरनेट, टेलिभिजन केवलहरुलाई भूमिगत बनाउन र सडकको दायाँबायाँ किनारामा वृक्षारोपण गरी हरियाली बजारको रुपमा विकास गर्न एमालेले जित्नु पर्ने बताएको छ ।

विद्यलयहरुमा बालमैत्री तथा प्रविधिमा आधारित गुणस्तरीय शिक्षा प्रदान गर्न । १.सेतीदेवी माविमा व्यवस्थित कम्युटर ल्याव, साइन्स ल्याव, तथा कम्पाउण्ड वाल र तालिम हल निर्माण गर्न । २. जनजागृती उच्च माविलाई क्याम्पसमा स्तरोन्नती गरी प्रविधिक शिक्षालयको रुपमा विकास गर्न । ३. दुवै विद्यालयलाई पर्याप्त दरवन्दीको व्यवस्था गर्न । रानीबारी र महादेवबेसी बजारमा सामुदायिक अध्ययन केन्द्र, सूचना केन्द्र, कम्युटर सहितको व्यवस्थित लाईब्रेरिको स्थापना गर्न ।, गाउँ गाउँमा इन्टरनेट चलाउने सुविधाका निम्ति ल्याण्ड लाइन फोनको लागि पहल गर्न , दलित तथा जनजाति समुदायको पेसागत सीप तथा क्षमता अभिबृद्धि गर्न आवश्यक तालिम तथा आधुनिक मेसिन तथा औजार उपलव्ध गराउन ।

महिला समुह, आमा समुह र सामाजिक कामका निम्ति भेला बैठक बस्न व्यवस्थित भवन रानीबारी, तामाङटोल, नौकिला र महादेवबेसीमा निर्माण जस्ता प्रतिवद्धता समेत घोषणा पत्रमा गरिएको छ ।