यस्तो रह्यो बुधबार काँग्रेस धादिङको चुनावी प्रचार प्रसार

Avatar photo
Dhadingpost
बुधबार, बैशाख २७, २०७४

धादिङ बैशाख २७ । धुनिबेसी नगरपालिका वडा नं ७, वडा नं ८, केराबारी, ठूलागाउँम बुधबार घरदैलो कार्यक्रमभयो भने आज वडा नं ४ मा घरदैलो कार्यक्रम रहेको छ ।

अध्यक्षका उमेद्वार बद्री अर्यालको अगुवाइमा सिध्दलेक गाउँपालिका वडा नं २ मा घरदैलो कार्यक्रम सम्पन्न भएको छ भने वडा नं ३ मा वृहत ¥याली सहित कोणसभा सम्पन्न भएको छ । पालिकामा भोलि नलाङ, सलाङ र कुम्पुरमा बाईक ¥याली कार्यक्रम रहेको छ ।
नीलकण्ठ नगरपालिकाको वडा नं २ जुँगेधारामा प्रमुखका उमेद्वार भीमप्रसाद ढुंगाना सहितको टोलीले मतदाता भेटघाट तथा कोणसभा कार्यक्रम सम्पन्न गरेको छ ।

थांक्रे गाउँपालिकामा उपाध्यक्षका उमेद्वार रामकुमार लामाको अगुवाइमा वडा नं २ सिम्लेबजार,वडा नं.६ महादेवबेसी, वडा नं.७, वडा नं ८ एक्लेफाँटको जुंगेखोलामा घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।

ज्वालामुखी गाउँपालिका वडा नं ७ मा नेपाली कांग्रेसका अध्यक्षका उमेद्वार बिनोद तिमल्सेनाको अगुवाइमा दुइ स्थानमा कोणसभा सम्पन्न भएको छ ।

रुबिभ्याली गाउँपालिकाका अध्यक्षका उमेद्वार कुलबहादुर गुरुङको नेतृत्वमा वडा नं ५ मा घरदैलो कार्यक्रम सम्पन्न भएको छ भने आज वडा नं २ सेर्तुङमा घरदैलो कार्यक्रम रहेको छ ।

खनियाबास गाउँपालिकाको वडा नं २मा कोणसभा सम्पन्न भएको छ भने वडा नं ३ र वडा नं ४ मा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । पालिकाका अध्यक्षका उमेद्वार रणबहादुर तामाङको अगुवाइमा आज पनि वडा नं २ मा घरदैलो र वडा नं १मा कोणसभा कार्यक्रम रहेको छ ।

मा.सांसद दिलमान पाख्रिनको विशेष उपस्थितिमा नेनावती गाउँपालिकाको वडा नं २ मा कोणसभा सम्पन्न भएको छ भने वडा नं.५ कटुञ्जेमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।

त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्षका उमेद्वार वासु तिमल्सिनाको अगुवाइमा वडा नं.३, सिउरिनिीमा घरदैलो, ठूलोबेसीमा कोणसभा,तल्लो पोखरामा कोणसभा र मुलाबारीमा कोणसभा, अन्तरक्रिया तथा घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।

गंगाजमुना गाउँपलिकाका अध्यक्षका उमेद्वार अक्कलबहादुर तामाङको नेतृत्वमा वडा नं ४ मा घरदैलो तथा कोणसभा कार्यक्रम सम्पन्न भएको छ ।

बेनीघाट रोराङ र गजुरी गाउँपालिकामा पनि पालिकाको अध्यष सहितको टोली र संबन्धित वडाका उमेद्वारहरुले घरदैलो तथा कोणसभा कार्यक्रम सम्पन्न गरेका छन् ।