धादिङमा १४ जना चेपाङले स्थानिय तहमा चुनाव लड्दै

Avatar photo
उपेन्द्र जम्कट्टेल
मङ्लबार, बैशाख २६, २०७४

धादिङ बेशाख २६ । धादिङ जिल्ला स्थित बेनघिाट रोराङ गाउँपालिकाबाट १४ जना चेपाङले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका छन् ।

धादिङको धुनीबेसी नगरपालिका, थाँक्रे, गजुरी, बेनिघाट रोराङ, सिद्धलेक गाउँपालिकामा १८ हजार २५० चेपाङहरु रहेका छन् तर दलहरुले २ वटा गाउँपालिकामा १४ जना चेपाङलाई मात्र उम्मेदवार बनाएका हुन् ।

१० हजार ५ सय मत संख्या रहेको चेपाङहरु मध्य सबै भन्दा धेरै उम्मेदवार माओवादी केन्द्रबाट ७ जनाले उम्मेदवारी दिएका छन् । यस्तै एमालेले ४ जना र नेपाली काँग्रेसबाट ३ जनाले उम्मेदवारी दिएका छन् । तिलक चेपाङले धादिङपोष्टलाई बताउनु भयो । यस अघि भएको संविधान सभाको निर्वाचन ०६४ मा २ जना र ०७०मा पनि २ जना चेपाङहरुले उम्मेदवारी दिएका थिए ।

को-को छन् त ? बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा चेपाङ उम्मेदवारहरु:

बेनीघाट रोराङ
१. चन्द्र चेपाङ वडा २ सदस्य उम्मेदवार माओवादी केन्द्रबाट
२. हर्कबहादुर चेपाङ वडा ३ सदस्य उम्मेदवार माओवादी केन्द्रबाट
३. दिपबहादुर चेपाङ वडा ३ सदस्य उम्मेदवार नेपाली काँग्रेसबाट
४. पुर्णिमा चेपाङ वडा ७ सदस्य महिला उम्मेदवार माओवादी केन्द्रबाट
५. रामजी चेपाङ वर्डा ७ सदस्य उम्मेदवार माओवादी केन्द्रबाट
६. सिताराम चेपाङ वडा ६ सदस्य उम्मेदवार नेकपा एमालेबाट
७. शंखराम चेपाङ वडा ९ सदस्य उम्मेदवार माओवादी केन्दबाट्र
८. हर्क चेपाङ वडा ९ सदस्य उम्मेदवार एमालेबाट
९. बीरबहादुर चेपाङ वडा १० सदस्य उम्मेदवार माओवादी केन्द्र
रामचन्द्र चेपाङ वडा १० उम्मेदवार नेपाली काँग्रेसबाट

गजुरी गाउँपालिका
१० शोभा चेपाङ ३ न. वडा अध्यक्ष उम्मेदवार एमालेबाट
११. शन्तमान चेपाङ ४ वडा अध्यक्ष उम्मेदवार माओवादी केन्द्र
१२. सुरेन्द्र चेपाङ ४ वडा अध्यक्ष उम्मेदवार नेपाली काँग्रेस
१३. सुजन चेपाङ वडा २ सदस्य उम्मेदवार एमालेबाट