हात खुट्टा दुबै भाँचिएर ट्रमा सेन्टरमा उपचारत खतिवडालाई निर्वाचनमा खटाईयो

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख २६, २०७४

धादिङ बैशाख २६ । मोटरसाइकल दुर्घटनामा परि हात खुट्टा भाँचिएकोले काठमाडौ ट्रमा सेन्टरमा उपचारत अर्जुन खतिवडालाई निर्वाचन सम्पन्न गर्नका लागि कर्मचारी खटाइएको छ ।

केहि महिना देखि जिल्ला पशुसेवा कार्यालय धादिङ अन्तरगत नेत्रावती गाउँपालिकामा कार्यरत खतिवडा मोटरसाइकल दुर्घटनामा पर्दा दायाँ हात र दायाँ खुट्टा भाँचिएर ट्रमा सेन्टरमा उपचारत छन् खतिवडाले आफु उपचारत भएको जानकारी पनि गराए, तर आज मुख्य निर्वाचन अधिकृतको कार्यालय धादिङलेले नेत्रावती गाउँपालिका ताङ्जोमाने (खुल्ला चौर) क को लागि कर्मचारी स्वरुप खटाएको छ । मानविय संवेदना समेत ख्याल नगरि घाइते खतिवडालाई मुख्य निर्वाचन अधिकृतले खटाएपछि खतिवडा अन्यौलमा परेका छन् ।

म अस्पतालको वेडमा छु उठ्न सक्ने स्थितिमा छैन, कसरी कार्यक्षेत्र जाने मोटरसाइकल दुर्घटनामा आफु घाइते भएको जानकारी गराउँदा गराउँदै पनि मलाई निर्वाचनमा खटाइएको छ म जान सक्ने स्थितिमा छैन धादिङपोष्ट सँग खतिवडाले भने ।

पत्रकार महाँसंघ धादिङका पूर्व कोषाध्यक्ष खतिवडाले निर्वाचनमा आफ्नो लागि अनौठो संयोग हुने गरेको बताउँदै गत ०७० को चुनावमा पनि अमानवीय जत्थाको पञ्जामा पर्दा हात भाँचियो, यो चुनावमा पनि आफु सवार मोटरसाइकललाई विपरित दिशाबाट आएको मोटर साइकलले टक्कर दियो र यो अवस्थामा छु ।

आफुलाई ठक्कर दिने बाइक प्रहरीले पक्रेको सुनेको छु तर चालकलाई प्रहरीले सामान्य सोधपुछ पछि छाडेको बुझेको छु । यस्तो बेलामा अरुले नबुझे पनि एक कर्मचारी हुनुको नाताले कर्मचारीहरुले त आफ्नो समस्या बुझ्लान भनेको झनै अफ्ठ्यारो पो पारियो खतिवडाले गुनासो पोखे ।